Friday, March 5, 2021
Home प्रदेश प्रदेश २ मा थपिए २९ कोरोना संक्रमित

प्रदेश २ मा थपिए २९ कोरोना संक्रमित

जनकपुरधाम । प्रदेश २ मा पछिल्लो २४ घण्टामा २९ जना व्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ ।
महोत्तरी जिल्लामा ४ जना, बारा जिल्लामा ७ जना र रौतहट जिल्लामा १८ जना व्यक्तिहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश नम्वर २ का बरिष्ठ जनस्वास्थ्य विजय कुमार झाले बताए ।

महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा नम्वर २ का २१ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी महोत्तरी जिल्लाकै मनरवा सिस्वा नगरपालिका वडा नम्वर ८ का ५० बर्षिय पुरुष र सोही नगरपालिकाको वडा नम्वर १० का २२ र ३० बर्षिय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

बारा जिल्लाको सिम्रौैनगढ नगरपालिकाका १७ बर्षिय किशोर सहित १९ देखि ४० बर्ष उमेर समुहका ७ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

१ देखी १८ वर्षसम्मका ७ जना

रौतहट जिल्लाको परोहा नगरपालिकाका १ देखि १८ बर्ष उमेर समुहका ७ जना किशोरहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । सोही नगरपालिकाका ४५ बर्षिय पुरुष सहित १९ देखि ४० बर्ष उमेर समुहका ८ जना पुरुषहरुमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । रौतहट जिल्लाकै गढीमाई नगरपालिका ११ बर्षिय वालक सहित २० र २५ बर्षका पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी पिसिआर परिक्षण मार्फत संक्रमण प्रमाणित भएका सप्तरी जिल्ला गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल अन्तर्गत रहेको राजविराजस्थित साईकृष्ण कोभिड १९ अस्पतालको आइसोलेसन कक्षमा ७ महिला र ९४ जना पुरुषगरी कुल १ सय १ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । सिरहाको सिरहा अस्पताल अन्तर्गत रहेको महेन्द्र गेनाई कोभिड विशेष अस्पतालको आइसोलेसन कक्षमा १६ जना पुरुष र २ जना महिला गरि कुल १८ कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।

सिरहा जिल्लाकै सिरहा नगरपालिकास्थित सिरहा कोभिड विशेष अस्पतालको आइसोलेसन कक्षमा २६ जना कोरोना संक्रमित पुरुषहरुको उपचार भइरहेको छ । धनुषा जिल्लास्थित प्रादेशिक अस्पताल जनकपुर अन्तर्गत लक्ष्मीनिया गाउँपालिकामा रहेको वि.पि.मेमोरियल पोलिटेक्निकल ईन्स्टिच्यूटको आइसोलेसन कक्षमा १ जना महिला र ६८ जना पुरुषहरु गरी कुल ६९ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।

महोत्तरी जिल्लाको जलेश्वर अस्पताल अन्तर्गतको कोभिड विशेष अस्पतालको आइसोलसन कक्षमा ३ जना महिला र ८२ जना पुरुषगरी कुल ८५ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । सर्लाही जिल्ला अस्पताल अन्तर्गत मंलगवामा रहेको अल्पामाई रामनारायण यादव नर्सिङ्ग कलेजको आइसोलेसन कक्षमा कोरोना संक्रमित १ सय ३३ जना पुरुष र ९ जना महिलागरी कुल १ सय ४२ जना कोरोना संक्रमितहरुकोे उपचार भइरहेको छ । सर्लाही जिल्लाकै फरहदवा स्वास्थ्य चौकीको आइसोलेसन कक्षमा १ जना महिला र ८ जना पुरुषहरु गरी कुल ९ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।

रौतहट जिल्लास्थित चपुर अस्पतालमा २ जना महिला र २८ जना पुरुष गरी ३० जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । रौतहट जिल्लाकै राजपुर फरहदवामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसन कक्षमा २५ जना पुरुष र देवाही गोनाही नगरपालिकास्थित जय किसन उच्च माध्यमिक विद्यालयको आइसोलेसनमा २ जना महिला र ९५ जना पुरुषगरी कुल ९७ जना कोरोना संक्रमितहरुको उपचार भईरहेको छ । रौतहड जिल्लाकै गरुडा नगरपालिकामा रहेको नेपाल प्रहरी विद्यालयमा १० जना पुरुष कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।

बारा जिल्लाको कलैया अस्पतालको आइसोलेसन कक्षमा ३ जना महिला ३० जना पुरुषगरी कुल ३३ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । पर्सा जिल्लामा नारायणी अस्पताल अन्तर्गत रहेको कोभिड १९ बिषेश अस्पताल गण्डक अस्पतालमा ३३ जना पुरुष र ६ जना महिलागरी कुल ३९ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।

त्यसैगरी सिरहा नगरपालिकास्थित सिरहा कोभिड विशेष अस्पताल सिरहामा १३ जना, प्रादेशिक अस्पताल जनकपुर अन्तर्गत रहेको कोभिड विशेष अस्पतालमा ४ जना गरी कुल १७ जना कोरोना आशंकित बिरामीहरुको उपचार भइरहेको छ ।
यस प्रदेशमा बिहीबारसम्म ३० हजार ५ सय ४३ जना व्यक्तिको थ्रोट स्वाब परिक्षण गरिएकोमा १ हजार ६ सय २ जना संक्रमित भएका छन् भने १३ हजार ८ सय ४२ जनाको नेगेटिभ नतिजा आएको छ । त्यस्तै १५ हजार ९९ जनाको नतिजा आउन बाँकी रहेको छ ।

आरडिटी तर्फ अहिलेसम्म १३ हजार ७ सय १६ जनाको परीक्षण गरिएकोमा ६ सय ३९ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने १३ हजार ७७ जनाको रिपोर्ट नेगेटिभ आएको बरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले बताए ।

प्रदेशमा संक्रमित १ हजार ६ सय २ मध्ये सबैभन्दा बढि रौतहटका ४ सय ९४ जना रहेका छन् । त्यस्तै ४ सय १४ जना सर्लाहीका,१ सय ७२ जना महोत्तरीका,१ सय ४४ जना धनुषाका,१ सय २२ जना पर्साका,१ सय ११ जना सप्तरीका,८४ जना बाराका र ६२ जना सिरहाका व्यक्तिहरु छन् ।

प्रदेश २ को आठवटै जिल्लाका बिभिन्न ठाउँहरुमा निर्माण गरिएको ३१ हजार ५ सय ५७ बेड क्षमताको ४ सय २८ वटा क्वारेन्टाइनमा अहिले १८ हजार ८ सय ९४ जनालाई राखिएको छ भने ८ हजार ८ सय १२ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ ।

प्रदेशका आठवटै जिल्लाको बिभिन्न ठाउँहरुमा सञ्चालनमा रहेको १ हजार ४ सय ११ बेड क्षमताको आईसोलेशनमा ७ सय १ जना बिरामीलाई भर्ना गरिएको बरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा यस प्रदेश नम्वर २ मा ४ महिला र ६१ पुरुषगरी ६५ जना कोरोना भाइरस संक्रमितहरु उपचार पश्चात डिस्चार्ज भएका छन् । उनीहरु रौतहट जिल्लाको गरुडा नगरपालिकामा रहेको नेपाल प्रहरी विद्यालयमा सञ्चालित आइसोलेसन कक्षबाट जेठ २७ गते डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेहरुमा रौतहट जिल्लाको इशनाथ नगरपालिकाका ३ महिला र ३७ जना पुरुषहरु रहेका छन् । त्यसैगरी रौतहट जिल्लाकै बौधिमाई नगरपालिकाका ३ जना, मौलापुर नगरपालिकाका ४ जना, कठहरिया नगरपालिकाका ३ जना, देवाही गोनाही नगरपालिकाका १० जना पुरुषहरु डिस्चार्ज भएका छन् ।

त्यसैगरी रौतहट जिल्लाकै राजदेवी नगरपालिकाबाट १ महिला र २ पुरुष समेत डिस्चार्ज भएका छन् । रौतहट जिल्लाको गौर नगरपालिकास्थित गौर नर्सिङ्ग इन्स्टिच्यूटको आइसोलेसन कक्षमा उपचार गराईरहेका ४ जना महिला र १३ जना पुरुष गरि कुल १७ जना कोरोना संक्रमितहरु उपचार पश्चात डिस्चार्ज भएका छन् । यसरी पछिल्लो चौविस घण्टामा डिस्चार्ज भएका ८२ जना सहित यस प्रदेशका ३ सय ८१ जना कोरोना संक्रमितहरु उपचार पश्चात डिस्चार्ज भइसकेका छन् ।

(Visited 55 times, 1 visits today)
Loading comments...

आजको समाचार

नेकपामा आत्मघाती गोलमा रमाउनेका लागि

सरकारले हिंसात्मक आन्दोलन गर्दै आइरहेको विप्लव समूहसँग सहमति गरेर मुलुकमा शान्ति तथा सुव्यवस्था कायम गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । सरकारकै अग्रसरतामा विप्लव...

वार्ता सफल: खुला राजनीतिमा विप्लव समूह

काठमाडौं । आफूमाथिको प्रतिबन्ध फुकुवासँगै विप्लव समूहले खुला राजनीतिमा प्रवेश पाएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको दलले बिहीबार ‘खुला रूपमा शान्तिपूर्ण राजनीतिमा आउने’...

क्षम्य छैन आर्थिक अपराध

राजनीतिक संक्रमण र कलहको मौका पारी हरेक उपाय निकालेर राजस्व छल्नेहरूले बितेको ३३ महिनामा करिब साढे ४७ अर्ब रुपैयाँ राजस्व छलेर आर्थिक अपराध गरेको...

निजामती सेवामा नेतृत्व विकास

प्रशासनिक वातावरणमा हुने परिवर्तनसँगसँगै सिद्धान्त, प्रविधि, प्रक्रियामा निरन्तर परिवर्तनका सम्भावना हुन्छन् । समाजको विकासको स्तरले परिवर्तनलाई नियाल्ने र ग्रहण गर्ने गर्दछ । यस अवस्थामा...

साताका लोकप्रिय समाचार

प्रि–मनसुन शुरु, आजदेखि जाडोयाम समाप्त

काठमाडौं । आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि–मनसुन शुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर मार्च १...

सुटुक्क बिहे गरेकी श्रेया घोषालले ‘बेबीबम्प’ सार्वजनिक गरिन्

मुम्बई । बलिउडकी चर्चित नायिका श्रेया घोषाल विवाह गरेको ६ वर्षपछि आमा बन्दैछिन् । सामाजिक सञ्जालमा ‘बेबीबम्प’ सार्वजनिक गर्दै हुनेवाला बच्चाको नाम समेत जुराइसकेको...

राउत क्षत्री सेवा समाज नेपालको १३ औ साधरणसभा सम्पन्न

काठमाडौं । राउत क्षेत्री सेवा समाज नेपालको १३औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । समाजका अध्यक्ष ई. भगवान बहादुर राउतको अध्यक्षता तथा पूर्ब सांसद...

आँप बगैँचामा युवती बलात्कार गरेर भाग्ने एक वर्षपछि पक्राउ

सप्तरी ।  एक वर्षअघि भएको बलात्कार घटनाका आरोपित खडक नगरपालिका–७ कल्याणपुरका २५ वर्षीय एक युवकलाई प्रहरीले आज पक्राउ गरेको छ । एक्काइस वर्षीया युवतीलाई...

सूक्ष्म पोषकतत्व आयोडिनको अपरिहार्यता

आयोडिन जीवनभर एक चम्चा भए पुग्ने तर एकैपटक नभई प्रत्येक दिन थोरै–थोरै सियोको टुप्पो जति १५० माइक्रोग्राम खाए पुग्छ । मनाङ, मुस्ताङ कर्णालीमा चियामा...

ट्रेन्डिङ

कविता : पाइला

यो रात उनको याद कल्पनाका रापहरू तर चीसो स्पर्श एकमात्र यथार्थ यिनैबीच गुडुल्किँदै सुर्योदयको प्रतीक्षा मध्यान्हको तातोपन अनि त्यसलाई माथ गर्ने सिरेटो सिरेटो चिर्दै बढेका पाइला कुनै मोडमा ठिंग उभिँदा ठ्याक्कै बुख्याँचा वरिपरि न चिरबिर न कोलाहल केबल शून्यता शून्यता...

कोरोना सङ्क्रमण: भारतमा एक दिने जनता कर्फ्यु

नयाँ दिल्ली । भारतमा आइतबार जनता कफ्र्यु लागू गरिएको छ । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि भन्दै...

अथक साधनाको प्रतिफल

गोपीरमण उपाध्याय नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य, विश्व ट्रेड युनियन महासंघ प्रेसिडेन्सियल काउन्सिल सदस्य एवं नेपाल शाखा...

बर्दियाको बढैयाताल कोरोनाको हटस्पट बन्दै, आरडीटीको भरमा घर पठाइएकामा देखियो कोरोना 

बर्दिया । पछिल्लो समयमा बर्दियाको बढैयाताल कोरोनाको हटस्पट बन्दै गएको छ । बढैयाताल गाउँपालिकामा अहिलेसम्म ४६ जना कोरोना संक्रमित देखिएका छन् । बुधबार एकै...

कोरोनामा प्रयोग भएको रेम्डेसिभिर औषधि के हो ?

कोरोना भाइरस संक्रमण पुष्टि भएका सबै बिरामीमा लक्षण देखिँदैन । जसमा लक्षण देखिन्छ, उपचारका लागि जाने भनेको फिजिसियनकहाँ हो । कोरोनाले श्वासप्रश्वासमा अलि धेरै...

भूकम्पमा क्षतिग्रस्त सिन्धुपाल्चोकका ८० प्रतिशत शैक्षिक संस्था पुनःनिर्माण

सिन्धुपाल्चोक । भुकम्पमा क्षतिग्रस्त सिन्धुपाल्चोकका शैक्षिक संस्थाहरु पुनःनिर्माणको अन्तिम चरणमा पुगेको छ । पुनःनिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) र विभिन्न...

अज्ञात समूहद्वारा रानाभाटको सालिक तोडफोड

तनहुँ । जिल्लाको ब्यास-१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयको प्राङ्गणमा रहेको निर्मल रानाभाटको सालिक दोस्रोपटक अज्ञात समूहले तोडफोड गरेको छ।

ग्वाङजाओबाट स्वास्थ्य सामग्री लिएर आइपुगे जहाज

काठमाडौं । चीनको ग्वाङ्जाओबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिएर नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का दुई वाइडबडी ए–३३० जहाज काठमाडौँ आइपुगेका छन्...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

पशुपतिमा विशेष पूजा फागुन २५ देखि

काठमाडौं । पशुपतिनाथ मन्दिरमा कोरोना महामारीका कारण एक वर्षअघि देखि रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि शुरु हुने भएको छ । कोरोना जोखिम कायमै...

नख्खुमा जीपको ठक्करबाट क्याम्पस हिँडेकी १९ वर्षीया छात्राको मृत्यु

काठमाडौं । ललितपुरको नख्खुमा क्याम्पस जाँदै गरेकी एक छात्राको आज विहान जीपको ठक्करबाट मृत्यु भएको छ । बिहान पौने ६ बजे स १ ज...

प्रधानमन्त्रीको राजिनामा माग्नु अनैतिक : मन्त्री साह

काठमाडौ। नेपाल कम्युनिष्ट पार्टीका नेता तथा शहरी विकास मन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग्नु नै अनैतिक भएको बताएका छन् । एक टेलिभिजन...

ताप्लेजुङको दोभान बजारमा आगलागी, ४० बढी घर जले, नियन्त्रण प्रयास जारी

काठमाडौं । ताप्लेजुङको दोभान बजारमा आज आगलागी हुँदा कम्तीमा चालीस घर जलेका छन् । बिहान करिब ९ बजेदेखि सुरु भएको आगलागी नियन्त्रणका लागि प्रयास...

भर्खरै

नेकपामा आत्मघाती गोलमा रमाउनेका लागि

सरकारले हिंसात्मक आन्दोलन गर्दै आइरहेको विप्लव समूहसँग सहमति गरेर मुलुकमा शान्ति तथा सुव्यवस्था कायम गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । सरकारकै अग्रसरतामा विप्लव...

क्षम्य छैन आर्थिक अपराध

राजनीतिक संक्रमण र कलहको मौका पारी हरेक उपाय निकालेर राजस्व छल्नेहरूले बितेको ३३ महिनामा करिब साढे ४७ अर्ब रुपैयाँ राजस्व छलेर आर्थिक अपराध गरेको...

निजामती सेवामा नेतृत्व विकास

प्रशासनिक वातावरणमा हुने परिवर्तनसँगसँगै सिद्धान्त, प्रविधि, प्रक्रियामा निरन्तर परिवर्तनका सम्भावना हुन्छन् । समाजको विकासको स्तरले परिवर्तनलाई नियाल्ने र ग्रहण गर्ने गर्दछ । यस अवस्थामा...

नेपालीको प्रतिव्यक्ति आय २५ डलरले घट्यो

काठमाडौं । नेपालीको प्रतिव्यक्ति आय २५ डलरले घटेको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार चालू आर्थिक वर्षमा नेपालीको वार्षिक प्रतिव्यक्ति आय ११ सय ३४...

धेरै पढिएका

आकस्मिक मन्त्रिपरिषद् बैठकः संसद् अधिवेशन आह्वान गर्ने तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिकरुपमा मन्त्रिपरिषद् बैठक डाकेका छन् । बैठक शुक्रवार आज साँझ ५ बजेलाई बोलाइएको छ । स्रोतका अनुसार बैठकले...

२०७८ सालको चाडपर्व : विजयादशमी असोज २९, भाइटीका कात्तिक १८ गते

काठमाडौं । विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख...

सुटुक्क बिहे गरेकी श्रेया घोषालले ‘बेबीबम्प’ सार्वजनिक गरिन्

मुम्बई । बलिउडकी चर्चित नायिका श्रेया घोषाल विवाह गरेको ६ वर्षपछि आमा बन्दैछिन् । सामाजिक सञ्जालमा ‘बेबीबम्प’ सार्वजनिक गर्दै हुनेवाला बच्चाको नाम समेत जुराइसकेको...

किन आयो मन्त्रीलाई अर्बौंको प्रलोभन ?

काठमाडौं । वन तथा वातावारण मन्त्रालय सम्हालेको एक महिना नबित्दै मुलुकभरको वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज गरेका मन्त्री प्रेमबहादुर आलेमगरले आफूलाई केही पक्षबाट १...

छुटाउनुभयो कि?

(Visited 110 times, 1 visits today)