उपमेयर परनियाले गरिन अदालतको अवहेलना

काठमाडौं । रौतहटको देवाही गोनाही नगरपालिका अस्तव्यस्त भएको छ । उपमेयर परनिया देवीले आफूलाई कार्यवाहक मेयर भन्दै कामकारवाही अगाडी बढाउन खोजेपछि स्थानीयले लखेटेका छन् । गत शुक्रबार आफ्नै कार्यालयबाट उपमेयरलाई स्थानीयले लखेटेपछि नगरपालिका झनझन अस्तव्यस्त बन्दै गएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को घरझगडा तथा पार्टीभित्रको गुटगत आक्रोश पोख्न एमालेबाट निर्वाचित मेयर प्रेमलाल साह कानूलाई निर्वाचन आयोगले पदमुक्त गरेपछि पार्टीको घरझगडा सर्वोच्च अदालतसम्म पुगेको हो ।

एमालेले निर्वाचित जनप्रतिनिधिलाई नै संविधान र कानून विपरित पदमुक्त गरेपछि न्याय माग्दै मेयर साह सर्वोच्च अदालत पुगेका छन् । सर्वोच्च अदालतमा विचारधिन रहेको र कुनै आदेश भएको छैन् । तर उता उपमेयर परनियाले आफू कार्यबाहक मेयर भइसकेको बताउदै नगरपालिका पुगेपछि स्थानीयले लखेटेका थिए ।

स्थानीय विरवलप्रसाद कुशवाहाले मेयरको ’boutमा अदालतले कुनै फैसला नगरेको र उपमेयरले कार्यवाहक जिम्मेवारी नपाएकाले उपमेयर कार्यवाहक भन्दै कार्यालय पस्न खोजेपछि त्यसलाई नगरबासीले अस्वीकार गरेको बताए । अदालतलाई समेत प्रभावित गर्न खोपछि स्थानीयले उनलाई उपमेयरकै जिम्मेवारीमा रहेर काम गर्न सुझाएको कुशवाहाले बताए ।

‘कुनै पनि लिखित वा कानूनी आधार बिना नै कार्यवाहक मेयरको पदभार ग्रहण गर्दा स्थानीय जनता आक्रोशित हुदै प्रतिकारमा उत्रेका थिए । यसअघि पनि अघिल्लो कार्यकालमा उपमेयरले मेयरलाई निलम्बन गराई आफू कार्यवाहक मेयर बनेको र अहिले पनि त्यही षडयन्त्र भइरहेको छ । यसलाई देवाही गोनाहीका स्थानीयले स्वीकार गर्दैनन,’ स्थानीय नवल महतोले भने ।

तपाइको प्रतिक्रिया
(Visited 26 times, 1 visits today)

epaper

ताजा समाचार

नेफ्स्कुन पत्रकारिता पुरस्कार राजधानीकर्मी तिमल्सिनालाई