जनआस्थाका सम्पादक किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण निवेदन सुवेदी र ढकालको संयुक्त इजलासमा

काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणको निवेदनको पेसी आज तोकिएको छ ।

वैयक्तिक गोपनीयता हननको अभियोगमा हिरासतमा रहेका श्रेष्ठको बन्दी प्रत्यक्षीकरण निवेदनलाई लिएर आज (सोमबार) सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा पेसी तोकिएको हो ।

साउन २९ गते न्यायाधीश ढकालको एकल इजलासले श्रेष्ठ र उनका बरामद सामानसहित भदौ १ गते अदालतमा उपस्थित गराउन आदेश गरेको थियो ।

‘यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिम आदेश किन जारी हुन नपर्ने हो ? आदेश जारी हुनु नपर्ने भए सोको आधार र कारणसहित मिति २०८३।५।१ गते १० बजेभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत सशरीर बन्दीसहित लिखित जवाफ पेस गर्नु भनी प्रस्तुत आदेश र रिट निवेदनको एक–एकप्रति नक्कलसमेत साथै राखी विपक्षीहरूका नाममा सूचना म्याद जारी गरी म्यादभित्र लिखित जवाफ परे वा अवधि व्यतीत भएपछि नियमानुसार पेस गर्नुहोला,’ ढकालको इजलासले भनेको थियो, ‘साथै उक्त मिति २०८३।५।१ गतेका दिन इजलाससमक्ष देखाई फिर्ता लैजाने गरी निज बन्दीका विरुद्ध पेस भएको जाहेरी दरखास्तसहितको अनुसन्धानको फाइल र निजको घर तथा कार्यालयबाट बरामद भएको सीपीयू, ल्यापटप, आइप्याड र मोबाइलसमेत लिई उपस्थित हुनुहोला ।’

उनको पक्राउपछि पत्नी सरस्वती श्रेष्ठले बिहीबार सर्वोच्चमा रिट दर्ता गराएकी थिइन् ।

तपाइको प्रतिक्रिया
(Visited 43 times, 1 visits today)

epaper

ताजा समाचार

मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता