काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले केन्द्रीय समितिको बैठक बोलाएका छन्। सभापति लामिछानेले भदौ ५ गते केन्द्रीय समिति बैठक बोलाएका हुन्। सभापति लामिछानेले केही पदाधिकारी र केन्द्रीय सदस्य मनोनयन गरेर बैठकमा पेश गर्ने एक नेताले जानकारी दिए।
‘केन्द्रीय समिति बैठकमा केही पदाधिकारी, सचिवालय सदस्य र केही केन्द्रीय सदस्य मनोनीत गरेर निर्णय हुनसक्छ,’ ती नेताले भने।
बैठक बस्ने’bout केन्द्रीय सदस्यहरूलाई सूचना पठाइएको छ। यो रास्वपाको दोस्रो केन्द्रीय समिति बैठक हो। यअसघि साउन १३ मा केन्द्रीय समिति बैठक बसेको थियो। पहिलो बैठकमा सभापति लामिछानेले प्रधानमन्त्री वालेन्द्र शाहलाई वरिष्ठ नेता बनाउने प्रस्ताव राखेका थिए। त्यसलाई बैठकले सर्वसम्मत रुपमा पारित गरेको थियो।
अब रास्वपामा एक उपसभापति, एक महामन्त्री, एक सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष मनोनीत गर्न बाकी छ। यस्तै २७ जना सचिवालय सदस्य र ५१ जना केन्द्रीय सदस्य पनि मनोनीत गर्न बाँकी छ।
साउन १३ गतेको बैठकले पदाधिकारीबाट पाँच जनालाई सचिवालय सदस्य बनाउने निर्णय गरेको छ।
सम्बन्धित समाचार
पर्यटन क्षेत्रको विकास गर्न विधेयक संशोधन गर्नुपर्छः पर्यटनमन्त्री पौडेल
विप्लवले गरे नयाँ कम्युनिस्ट केन्द्र बनाउन प्रस्ताव
प्रदेश सरकारमा सहभागिताका विषयमा आवश्यक निर्णय लिने जिम्मा लिङ्देनलाई
गृहमन्त्री गुरुङले राष्ट्रिय सभा बैठकमा सांसदहरूसँग मागे माफी
उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्याउँछौं : सभापति लामिछाने
प्रधानमन्त्रीलाई भारतीय प्रधानमन्त्री मोदीको शुभकामना सन्देश हस्तान्तरण
सरकारले आगामी १५–२० वर्षका लागि बलियो ’जग’ खन्ने काम गरिरहेको छ : लामिछाने
दलित समुदायका हक, अधिकार कार्यान्वयन गर्न विधेयक तर्जुमाः मन्त्री गौतम






