काठमाडौं । पाँच महिनाको स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका गतिविधिका कारण कांग्रेस विभाजन हुनसक्नेदेखि हिन्दू राष्ट्रको पक्षमा दलीय गतिविधि बढ्ने संकेत देखिएको छ ।
जनमत तान्न ‘धार्मिक कार्ड’, पूर्णबहादुर छाडेर कोइरालाको आड
देउवा फर्किएलगत्तै विभाजनको दिशामा गएको कांग्रेसलाई सम्हाल्ने र सभापति गगन थापासँग संवादको वातावरण बनाउने अपेक्षा विपरित देउवा निरन्तर समानान्तर गतिविधिसहित हिन्दू धर्मको एजेण्डा मनपराउने जनमत तान्ने अभियानमा जुटेको देखिएको छ ।
देउवा अहिले कांग्रेस मिलाउनेभन्दा गगन थापा नेतृत्वको संस्थापनलाई राजनीतिक रूपमा गलाउने, आफ्नो वैधानिकताको दाबी पुनः स्थापित गर्ने र त्यसका लागि समानान्तर शक्ति संरचना निर्माण गर्ने दिशामा अघि बढेको देखिएको हो ।
राष्ट्रिय भेला, शशांकलाई जिम्मेवारी, देउवाकै नेतृत्वमा महाधिवेशनको दाबी, विशेष महाधिवेशनको वैधानिकतामाथिको असहमति र गगनको राजनीतिक लाइनमाथि निरन्तर प्रहारले कांग्रेसभित्र समानान्तर गतिविधि हुँदै फुटको तहमा अघि बढेको छ ।
सुकेधारामा सम्पन्न तीनदिने राष्ट्रिय भेलाले देउवाको निर्देशनमा डा. शशांक कोइरालालाई १५औँ महाधिवेशनसम्म पार्टीका नियमित गतिविधि संयोजन गर्ने जिम्मेवारी दिएपछि कांग्रेसभित्रको शक्ति संघर्ष नयाँ चरणमा प्रवेश गरेको छ । भेलाले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५औँ महाधिवेशन गर्ने तथा देउवाकै सभापतित्वमा महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।
गगन थापालाई सभापति मानेर अघि बढिरहेको कांग्रेसभित्र देउवा पक्षले ‘बिद्रोही कांग्रेस’को दाबीलाई असन्तुष्ट कार्यकर्तामाझ ल्याएर कांग्रेसमा औपचारिक रुपमै विभाजनको प्रक्रिया सुरु भएको संकेत दिएको हो ।
गत पुसमा भएको विशेष महाधिवेशनबाट गगन थापा सभापति बनेपछि देउवा पक्षले त्यसलाई अस्वीकार गर्दै आएको थियो । निर्वाचन आयोगले थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि देउवा पक्ष सर्वोच्च पुगेको थियो । सर्वोच्च अदालतले थापा पक्षको विशेष महाधिवेशनलाई वैधानिक ठहर गरिसकेको छ ।
गगनको उदयले खोलेको बिवाद
१४औँ महाधिवेशनबाट निर्वाचित देउवा नेतृत्वको कार्यसमितिको कार्यकाल सकिन लाग्दा पार्टीभित्र १५औँ महाधिवेशन कहिले गर्ने भन्ने विवाद चर्कियो । देउवा पक्ष नियमित महाधिवेशनको समय र प्रक्रिया’bout आ आफुनै अडानमा रह्यो । तत्कालीन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहितको समूहले निर्वाचनअघि नै नयाँ नेतृत्व चयन गर्नुपर्ने दबाब बढायो ।
थापा पक्षले विशेष महाधिवेशनको माग ग¥यो । कांग्रेस विधानको धारा १७(२) अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरे विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था थियो । थापा पक्षले २०८२ असोजमै आवश्यक प्रतिनिधिको समर्थनसहित विशेष महाधिवेशन माग गरेको दाबी गरेको थियो । तर तत्कालीन सभापति देउवाले त्यसलाई अघि नबढाएपछि विवाद चर्कियो । सर्वोच्चले पनि यही प्रक्रियालाई विशेष महाधिवेशनको वैधानिकताको मुख्य आधार मानेको छ ।
– नेतृत्व खोसिएको पाँच महिनापछि समानान्तर शक्ति केन्द्रको अभ्यासमा देउवा
– शशांकलाई अघि सार्दै १५औँ महाधिवेशनमा पुनः नेतृत्व दाबी
त्यसपछि पुसको अन्तिम साता भृकुटीमण्डपमा विशेष महाधिवेशन भयो । देउवा पक्षले अस्वीकार गरे पनि महाधिवेशनले देउवा नेतृत्वको कार्यसमिति भंग गर्दै गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन ग¥यो । सभापतिमा थापाको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका थिए ।
निर्वाचन आयोगले थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएपछि देउवा पक्ष अदालत संगै राजनीतिक मैदानमा छ ।
देउवा फेरि सभापतिको दाबेदार
गगन सभापति बनेलगत्तै उनले देउवालाई पार्टीमा समेटेर अघि बढ्ने सार्वजनिक अपिल गरेका थिए । देउवाको आशीर्वाद र पूर्णबहादुर खड्काको शुभेच्छा आवश्यक रहेको बताएका थापाले सबैलाई एक ठाउँमा ल्याउने प्रतिबद्धता जनाएका थिए । तर देउवा त्यस भूमिकामा सीमित भएनन् ।
स्वास्थ्य उपचारका लागि विदेश जानुअघि सक्रिय राजनीति नगर्ने संकेत गरेका देउवा फर्किएपछि फेरि कार्यकारी शैलीमा प्रस्तुत हुन थालेको आरोप संस्थापन पक्षका नेताहरुको छ ।
शेखर छाडेर शशांक किन ?
तीनदिने भेलाका संयोजक शशांक कोइरालालाई नै देउवाको निर्देशनमा १५औँ महाधिवेशनसम्म पार्टीका नियमित गतिविधि संयोजन गर्ने जिम्मेवारी दिएको छ ।
देउवाको राजनीतिक गणितमा शशांक कोइराला नयाँ पात्र होइनन् । कोइराला विरासतसँग जोडिएका शशांकलाई अघि सार्दा देउवाले आफू प्रत्यक्ष रूपमा सभापतिको प्रतिस्पर्धामा उत्रिएको सन्देश नदिई संस्थापनइतरलाई पदलोलुप नभएको देखाउन यो रणनीति अघि सारेको संस्थापन पक्ष्ँका नेताहरुको विश्लेषण छ ।
निर्णयसँगै संस्थापनइतर समूहमा शेखर कोइराला र पूर्णबहादुर खड्काको भूमिकामाथि पनि प्रश्न उठेको छ । भेलाको उद्घाटनमा देउवाको दायाँबायाँ शेखर र शशांक थिए । तर समापनमा दुवै नेता अनुपस्थित थिए ।
शेखर सुरुदेखि उद्घाटनमा मात्र सहभागी हुने बताएको भनिए पनि खड्का भने उद्घाटन र बन्द सत्रको प्रारम्भिक कार्यक्रममा सहभागी भएर समापनमा अनुपस्थित रहे । स्वास्थ्यका कारण नआएको भनिए पनि देउवाले शशांकलाई संयोजनकारी भूमिकामा अघि सारेपछि दुवै नेता असन्तुष्ट बनेको भेलामा उपस्थित कार्यकर्ताहरु बताउँछन् ।
एकता भन्दै महाधिवेशनका तयारी
भेलाको मञ्चबाट नेता शशांक कोइरालाले ‘मित्रता नटुटोस्’ भन्दै आफूहरू पार्टी एकताका लागि एक ठाउँमा उभिएको बताए । तर, व्यवहारमा भने पार्टी एकताको पहिलो सर्त मानिने वर्तमान सभापतिको नेतृत्व अस्वीकार गर्ने निर्णय भयो ।
विशेष महाधिवेशनबाट निार्वचित कार्यसमितिले काम गरिरहेका बेला असन्त्ष्ट पक्षले पनि १५औँ महाधिवेशन गरेर देउवाकै नेतृत्वमा अघि बढ्ने प्रस्ताव पारित गरेको छ । यो निर्णइसँगै कांग्रेसभित्र ‘एक पार्टीदुई नेतृत्व’को अभ्यास पुनः सुरु भएको छ ।
धर्मदेखि नीतिसम्ममा मतभेद
भेलाको पाँचबुँदे प्रस्तावमा सनातन धर्मलाई नेपालको राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।
हिन्दू राष्ट्रको मागमा देउवा स्पष्ट नखुले पनि कार्यक्रम समापनका त्रलममा उनले आफू व्यक्तिगत रूपमा हिन्दू भएको, हिन्दू परम्पराअनुसार व्रतबन्ध र विवाह गरेको तथा पशुपतिमा पूजा गर्ने गरेको बताए । देश हिन्दू राष्ट्र हुने वा नहुने विषय जनताको निर्णयमा निर्भर रहने भन्दै धार्मिक स्वतन्त्रताको पक्ष लिए ।
देउवाले हिन्दू राष्ट्र नभनी सनातन धर्म र धार्मिक स्वतन्त्रताको पक्षधर भएको बताए पनि पूर्वउपसभापति विमलेन्द्र निधि र निवर्तमान प्रवक्ता प्रकाशशरण महतबीच समापन मञ्चमै धमृका विषयमा मञ्चमै बिवाद देखिएको छ ।
महतले सनातनदेखि मानिँदै आएका धर्महरू मान्न पाउने स्वतन्त्रताको भाषा राखेपछि निधिले त्यसमा आपत्ति जनाउँदै ‘धार्मिक स्वतन्त्रता’ मात्र राख्नुपर्ने अडान लिए । विवाद बढेपछि मञ्चमै कागज खोसाखोससम्म भएको छ ।
नेता निधिले सभापति गगन थापाले अघि सारेको ‘सामाजिक लोकतन्त्र’लाई समेत कांग्रेसको आधिकारिक नीति मान्न नसकिने बताए । उनले कांग्रेसको मूल विचार बीपी कोइरालाको पालादेखि नै ‘प्रजातान्त्रिक समाजवाद’ भएको भन्दै सामाजिक लोकतन्त्र मान्य नहुने भेलाबाटै पारित गराएका छन् ।
इतर पक्षको रणनीतिः गगन एक्ल्याउने, महाधिवेशनमा फर्किने
कांग्रेसको संस्थापन इतर पक्षले भेलाबाट २ वटा रणीति बनाएको छ । गगन थापाको नेतृत्वलाई निरन्तर राजनीतिक दबाबमा राखेरे संस्थापनभित्र उनीविरुछ असन्तुष्टि बढाउने रणनीतिमा इतर पक्ष छ ।
त्यसैगरी १५औँ महाधिवेशनसम्म आफुनो प्रभाव क्षेत्रलाई व्यवस्थित गर्दै नेतृत्वमादाबी गरी पुनः हाबी हुने देउवाको दाउअनुसारको रणनीति यो पक्षको छ ।
भेलाको ले पारित गरेको प्रस्तावमै देउवाको सभापतित्वमा १५औँ महाधिवेशन सम्पन्न हुने विश्वास व्यक्त गरेर संस्थापन इतर पक्षले आगामी महाधिवेशनको नेतृत्वमाथिको औपचारिक दाबी प्रस्तुत गरेको हो ।
देउवा पक्षीय नेताहरुको यो भेलापछि कांग्रेसको आगामी राजनीति अब ‘गगनले देउवालाई समेट्छन् कि देउवाले गगनलाई गलाउँछन्’ भन्नेमा सीमित हुने देखिएको छ ।
राष्ट्रिय भेला, शशांकलाई जिम्मेवारी, देउवाकै नेतृत्वमा महाधिवेशनको दाबी, विशेष महाधिवेशनको वैधानिकतामाथिको असहमति र गगनको राजनीतिक लाइनमाथि निरन्तर प्रहारले कांग्रेसभित्र समानान्तर गतिविधि हुँदै फुटको तहमा अघि बढेको छ ।
सम्बन्धित समाचार
गण्डकीमा गाँजा विधेयक प्रमाणीकरण
दुर्गा प्रसाईँ र धवल शमशेरले गठन गरे ‘जय नेपाल पार्टी’
राजनीतिक नियुक्तिमा फेरि मनोमानी
काँग्रेस विशेष महाधिवेशन विवादमा सर्वोच्चबाट पुनः सुरुदेखि सुनुवाइ हुने
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यी हुन् एजेन्डा
यो सरकारले समयमै रासायनिक मल सुनिश्चित गर्न सकेन : प्रचण्ड
देवानगञ्ज-कप्तानगञ्ज घटनामा न्यायिक आयोग गठन गर्न काँग्रेसको माग
कोपमा सहभागी हुन प्रधानमन्त्री बालेनलाई टर्कीको निमन्त्रणा






