Wednesday, December 2, 2020
Home Editor-Picks सर्वोच्चको आदेश : बन्दाबन्दी पूर्ण रूपमा खुलेपछि ३० दिनभित्र कर बुझाए हुने

सर्वोच्चको आदेश : बन्दाबन्दी पूर्ण रूपमा खुलेपछि ३० दिनभित्र कर बुझाए हुने

कर प्रशासनमा शून्य समय

काठमाडौं । सर्वोच्च अदालतले बन्दाबन्दी (लकडाउन)का बेला व्यवसायीलाई कर तिर्न बाध्य नपार्न सरकारका नाममा आदेश दिएको छ । लकडाउनले व्यवसाय ठप्प भएको समयमा सरकारले कर तिर्न समय तोकेपछि दायर रिटमा सुनुवाइ गर्दै सर्वाेच्चले बन्दाबन्दी (लकडाउन) अवधिभर कर तिर्न बाध्य नपार्न भनेको हो ।

अधिवक्ता सिर्जना अधिकारी र थानेश्वर काफ्लेले दायर गरेको दुइटा रिटमाथि सुनुवाइ गर्दै बिहीबार न्यायाधीश अनिलकुमार सिन्हा र मनोजकुमार शर्माको इजलासले १५ असारसम्म कर तिर्नुपर्ने निर्णय कार्यान्वय नगर्न अन्तरिम आदेश दिएको हो ।
सर्वोच्चको आदेशसँगै अब व्यवसायीले बन्दाबन्दी सकिएको ३० दिनभित्र (बाटोको म्याद बाहेक) कर तिरे हुने भएको छ । निवेदनमाथि एकमुस्ट सम्बोधन गर्दै सर्वोच्च अदालतले लकडाउनको बेलामा व्यापार र व्यवसाय ठप्प भएकाले उद्योगी र व्यवसायीहरूले कर तिर्न सक्ने अवस्था नदेखिने भनी व्याख्या गरेको हो ।

‘लकडाउनले व्यवसायीहरूले आआफ्नो पेसा रोजगार र उद्योग व्यापार सञ्चालन गर्न सकेका छैनन्,’ आदेशमा भनिएको छ, ‘लामो बन्दाबन्दीपछि आफ्ना कर्मचारी एवं हिसाबकिताबको व्यवस्थापन गरी सम्बन्धित कर विवरण तथा विवरणबमोजिम कर तिर्न सक्ने आवश्यक व्यवस्था गर्न तत्काल पूर्ण सक्षम हुन्छन् भन्ने अनुमान गर्ने आधार देखिँदैन ।’

सर्वोच्चले अन्तरिम आदेशमा भनेको छ, ‘७ र १५ असारभित्र कर तथा विवरण बुझाउने सम्बन्धमा भनि जारी भएको सूचना बन्दाबन्दीको अवधिसम्म कार्यान्वयन नगरी बन्दाबन्दी पूर्ण रूपमा खुलेपश्चात् बाटोको म्यादबाहेक ३० दिन भित्रसम्बन्धी विवरण र कर बुझाउन सक्ने गरी आवश्यक व्यवस्था मिलाउनू ।’

यो पनि पढ्नुहोस   १४ वर्ष बित्यो द्धन्दपीडितले न्याय पाएनन्

‘बन्दाबन्दीपश्चात् पनि केही अवधिसम्म सामाजिक दूरीलगायत अन्य विभिन्न सुरक्षित रहने उपाय अवलम्बन गर्नुपर्ने अवस्था, परिस्थितिलाई विचार गरी विवरण र कर दाखिला गर्ने प्रक्रिया र कार्यविधिलाई सरलीकृत गर्नू,’ आदेशमा भनिएको छ ।
आदेशमा अघि उल्लेख छ, ‘यस्तो अवस्थामा केही अपवादबाहेक राज्यलाई साविक समयमै कर र विवरण दाखिला गर्दै आएका करदातालाई आजको असहज परिस्थितिमा आइपरेका व्यावहारिक समस्यासमेत विचार गरी न्यायोचित सुविधा दिनबाट राज्य पन्छिनु वाञ्छनीय देखिँदैन । यस दृष्टिबाट हेर्दा आन्तरिक राजस्व विभागको सूचनामा उल्लेख भएको समयावधिले करदातालाई सुविधा दिएको भन्दा पनि सन्त्रास सिर्जना गर्ने अवस्था देखिन्छ ।’

यस्तै आदेशमा, ‘सरल, सहज अवस्था र परिस्थितिमा करदाताले राज्यलाई समयानुकूल कर तिर्ने कर्तव्य हुन्छ भने असामान्य र असहज परिस्थितिमा राज्यले जनतालाई सहयोग र सुविधा दिनु पनि अपेक्षित हुन्छ ।’

सुरुमा विभागले २० जेठमा सूचना निकाल्दै २५ जेठभित्र कर तिरिसक्न निर्देशन दिएको थियो । संकटका बेला सरकारले गलत निर्णय गरेको भन्दै उक्त निर्देशनको चौतर्फी आलोचना भाएपछि सरकारले २४ घण्टा नबित्दै ७ असारसम्म म्याद थपेको थियो ।

(Visited 108 times, 1 visits today)
Loading comments...

आजको समाचार

१४ वर्ष बित्यो द्धन्दपीडितले न्याय पाएनन्

काठमाडौं । विस्तृत शान्ति–सम्झौता भएको १४ वर्ष बितिसक्दा राज्य र तत्कालीन विद्रोहीबाट पीडित   पक्ष न्याय खोजीमा अझै पनि भौतारिरहेका छन्् । आफन्त गुमाएका र तिनका...

विज्ञ सल्लाहकार भन्छन् ‘कोरोना भ्याक्सिन नेपालमा पनि उपलब्ध गराउँछौं’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले सरकारले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम र प्रगति गरेको दाबी गरेका छन् । डा....

चन्द्रागिरि हिल्सको साधारण शेयर बिक्री शुरु

काठमाडाैं ।  काठमाडौँ उपत्यकामा केवलकार सञ्चालन गर्दै आएको चन्द्रागिरि हिल्स लिमिटेडले आजदेखि साधारण शेयर बिक्री गर्न थालेको छ । वास्तविक क्षेत्रलाई समेत शेयर बजारमा...

बार्सिलोनालाई जरिवाना

क्याटलान । कप्तान लियोनेल मेस्सीको गोल सेलिब्रेसनका कारण क्याटलान क्लब बार्सिलोनाले जरिवाना तिर्नुपर्ने भएको छ । स्पेनिस ला लिगामा लियोनेल मेस्सीले ओसासुनाविरुद्ध गोल गरेपछि...

नेकपा संकट : अध्यक्षद्वय आरोप–प्रत्यारोपमै

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा पार्टीभित्र देखिएको संकट र विवाद औपचारिक तथा अनौपचारिक छलफलमार्फत समाधान खोजिने गरी छलफल भएको छ...

साताका लोकप्रिय समाचार

जग्गा नछाेडेकाे भन्दै देवर र भतिजाले कुटेर दुबै हात भाँचिदिए

सप्तरी, राजविराज । लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान चलिरहेकै बेला सप्तरीमा दुई महिलामाथी निर्घात कुटपिट भएको छ । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नं....

ओली सरकारको विकल्प छैन् : मन्त्री अर्याल

स्याङ्जा । भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले केपी ओली सरकारको विकल्प नभएको बताएकी छिन् । आज (आईतबार) वालिङ – १२...

उच्च समझका साथ अग्रगामी निकास निकाल

सत्तारूढ दल नेकपामा पछिल्लो चरणमा चलिरहेको विवादले सबैलाई चिन्तित बनाएको छ । पार्टीका अध्यक्षद्वयले राजनीतिक निकास निकाल्नुको सट्टा एकअर्कामा आरोप–प्रत्यारोप लगाई जवाफ र प्रतिजवाफको...

इलाममा पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु

इलाम । इलामको फाकफोकथुम गाउँपालिका ५ लुम्देमा पिकअप दुर्घटना भएको छ । दुर्घटनामा परी २ जनाको घटनास्थलमै मृत्यु भएको र एक जनाको अवस्था जटिल...

काँग्रेस पनि कता कता अल्मलिएकाे छ : डा कोईराला

 काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोईरालाले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार के गर्दैछ भन्ने कसैले भन्ने अवस्था नरएको बताएका...

ट्रेन्डिङ

मुख्यमन्त्री सवार गाडीमाथी ढुंगा प्रहार

काठमाडौं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमाथि नेपाली कांग्रेसका कार्यकर्ताहरुले ढुंगा प्रहार गरेका छन् । काठमाडौंबाट भैरहवा विमानस्थल ओर्लेर गाडीमा जाँदै गर्दा...

सङ्ख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडाैं । प्रतिनिधिसभाको आजको बैठक गणपूरक सङ्ख्या नपुगेपछि स्थगन भएको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकाटोले ‘सङ्घ, प्रदेश र स्थानीय तह...

यसपालीको होली घर–घरमै सिमित

 
यो पनि पढ्नुहोस   अर्थमन्त्रीलाई टेरेनन् बिमा कम्पनीले
सप्तरी, राजविराज । साथी भाई र आफन्तजनको घर–घर पुगेर विगतका वर्षहरुमा मनाउने गरिएको रंग र उमंगको पर्व होली यस पटक भने सप्तरीमा आ–आफनै घरमा...

अतिरिक्त मूल्यको खर्च देखाऊ

पेट्रोलियम पदार्थमा प्रतिलिटर १६ रुपैयाँ ५० पैसा अतिरिक्त मूल्य लिंदै आएको सरकारले हालसम्म जम्मा भएको अर्बौ रुपैयाँ कहाँ र कसरी खर्च गरिरहेको छ भन्ने...

सर्वोच्चमा मुद्दाको कार्यबोझ

काठमाडौं । सर्वोच्चमा मुद्दाको चाप बढेपछि फरक–फरक समयमा दुइटा पेसी सूची तोकेर सुनुवाइ सुरु भएको छ । देशभरका जिल्ला अदालत, उच्च अदालत...

आज काठमाडौंसहित देशका अधिकाँश भागमा भारी वर्षाको सम्भावना, सतर्क रहन सुझाव

काठमाडौं । आज मंगलबार मुलुकका धेरै ठाउँमा भारी वर्षाको सम्भावना औंल्याउँदै सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । शाखाशाले प्रदेश ५ को गुल्मीदेखि...

उदयपुरमा एकै दिन २३ जनामा कोरोना संक्रमण

उदयपुर । उदयपुरमा समुदायस्तरमा नै कोरोना संक्रमण फैलिएसँगै एकै दिन सबै भन्दा बढी कोरोना संक्रमण देखिएको छ । शनिबार साँझ आएको रिपोर्टमा उदयपुरमा एकै...

कोरोना नमस्ते अभियान

पोखरा । अतिथि सत्कारमा पोखरासहित गण्डकी प्रदेश नै अग्रणी स्थानमा आउँछ । यहाँ प्रकृतिका मनोरम छटा त छँदैछन्, यहाँका मानिसको आतिथ्यताले यहाँ आउने जो...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

विज्ञ सल्लाहकार भन्छन् ‘कोरोना भ्याक्सिन नेपालमा पनि उपलब्ध गराउँछौं’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले सरकारले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम र प्रगति गरेको दाबी गरेका छन् । डा....

एसपीसहित तीन प्रहरी अधिकृत निलम्बित

काठमाडौँ । गृह मन्त्रालयले आचरण विपरीत काम गरेका आरोपमा नेपाल प्रहरीका तीन प्रहरी अधिकृतलाई निलम्बन गरेको छ । निलम्बनमा पर्नेमा प्रहरी उपरीक्षक (एसपी) विमल...

नेकपा सचिवालय बैठक मङ्सिर २० गते

काठमाडौँ । शीर्ष तहमा देखिएको विवादका विषयमा छलफल गर्न जारी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक यही मङ्सिर २० गतेसम्मका लागि स्थगन...

चालक अनुमतिपत्रका लागि परीक्षा नलिइने

काठमाडौँ । काठमाडौँ उपत्यकाका यातायात व्यवस्था कार्यालयले तत्काल नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा सञ्चालन नगर्ने भएको छ । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले...

भर्खरै

पाँच दिनमा चार बलात्कारका घट्ना, १५ वटा उजुरी

धनगढी । महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला सुदूरपश्चिममा महिला हिंसाका घटनाहरु भइरहेका छन् । अभियान सुरु भएको पाँच दिनको अवधिमा चार बलात्कारका...

संखुवासभाका तत्कालीन सिद्धपोखरी गाविस अध्यक्षको निधन

संखुवासभा । संखुवासभाको तत्कालीन सिद्धपोखरी गाउँ विकास समितिका अध्यक्षको निधन भएको छ । चैनपुर नगरपालिका–४ तत्कालीन सिद्धपोखरी गाउँ विकास समिति (गाविस) का अध्यक्ष रत्नबहादुर...

रामचन्द्र पौडेललाई गिरफ्तारी गरेकाेमा देउवाकाे आपत्ति

काठमाडाैं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गिरफ्तारी भएको भनी आपत्ति प्रकट व्यक्त गरेका छन् । कांग्रेसले तनहुँको व्यास...

केटी जिस्क्याएको विषयमा छलफल गर्न लाग्दा प्रहरी चौकीमै झडप

बैतडी । बैतडीको एक प्रहरी चौकीमाबुधबार झडप भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिकावडा न. ५ स्थित बलारामा रहेको प्रहरी चौकीमा झडप भएको हो ।...

धेरै पढिएका

ट्रकको ठक्करबाट प्रहरी हवल्दारको ज्यान गयो

महेन्द्रनगर । पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तरगत पर्ने कञ्चनपुरको वेदकोट नगरपालिकामा ट्रक र मोटरसाइकल ठोक्किदा एक जनाको ज्यान गएको छ । बेदकोट नगरपालिका वडा नम्बर...

कसैको स्वार्थका निम्ति सरकार परिवर्तन हुँदैनः मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कुनै व्यक्ति वा समूहको स्वार्थका निम्ति सरकारको नेतृत्व परिवर्तन नहुने बताएका छन् । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार...

बायर्न म्युनिख र म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको अन्तिम १६ मा

लन्डन । जर्मनी क्लब बायर्न म्युनिख र इंग्ल्याण्डको म्यान्चेस्टर सिटी युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा पुगेका छन् । समुह ‘ए’ को खेलमा...

बेल्जियम नागरिकले झारल र नाउरको शिकार गरे

बागलुङ । ढोरपाटन शिकार आरक्ष बागलुङमा यस वर्षको पहिलो शिकार सिजनमा एक नाउर र एक झारलको शिकार गरिएको छ । नेपाल ट्राभल्स एण्ड एक्पिडेसन कम्पनीमार्फत...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 90 times, 1 visits today)