छाउनीमा सेनाका प्युठ गोली लागेको अवस्थामा मृत भेटिए

काठमाडौं । काठमाडौंको वीरेन्द्र सैनिक अस्पतालमा कार्यरत सेनाका प्यूठ डम्बर विष्ट आज शुक्रबार विहान मृत फेला परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामलाल ज्ञवालीले छातीमा गोली लागेको अवस्थामा विष्ट मृत फेला परेको जानकारी दिए । ज्ञवालीले उनको आफ्नै हतियारबाट गोली लागेको देखिएको जानकारी दिए । उनी डिउटीमा भएकै बेला सो घटना भएको हो ।

उनले आत्महत्या गरेको जस्तो देखिए पनि घटनाको अनुसन्धानपछि मात्रै एकिन जानकारी आउने प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 249 times, 1 visits today)

epaper

ताजा समाचार

आज साउने सङ्क्रान्ति पर्व