गभर्नरको कार्यकाल तीन वर्षमा झारिँदै

काठमाडौँ, ४ भदौँः सिंहदरबारमा बिहीबार बसेको अर्थ समितिको २५ औं बैठक । बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल भएको थियो । तस्बिरः गोपाल दाहाल/रासस

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल तीन वर्षमा सीमित गरिने भएको छ ।

अर्थ समितिको आजको बैठकमा गभर्नर र सञ्चालकहरूको पाँच वर्षको कार्यकाललाई तीन वर्षमा सीमित गर्न सहमति भएको हो ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि आज भएको छलफलमा गभर्नरको कार्यसम्पादन सन्तोषजनक भएमा दुई वर्ष पदावधि थप्न सकिने प्रस्ताव विधेयकमा गरिएको समितिका सभापति कृष्णहरि बुढाथोकीले बताए।

तपाइको प्रतिक्रिया
(Visited 63 times, 1 visits today)

epaper

ताजा समाचार

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्ने