सप्तरीमा एकै दिन थपिए १ स्वास्थ्यकर्मीसहित १७ जना संक्रमित

राजविराज । अघिल्लो दिन १७ जना डिस्चार्ज भएको भोली पल्टै शुक्रबार सप्तरीमा उत्तिकै संख्यामा कोरोना संक्रमित थपिएका छन् । हनुमाननगर कंकालिनी नगरपालिकाका १५, बोदेबसाईन नगरपालिका र महदेवा गाउँपालिकाका १/१ गरी शुक्रबार १७ जना संक्रमित थपिएका हुन् ।

संक्रमित मध्ये एक जना स्वास्थ्यकर्मी पनि छन् । उनी बाहेक सबै १६ जना दुई साताअघि भारतको विभिन्न सहरबाट घर फर्कि सम्बन्धीत स्थानिय तहको क्वारेन्टाइनमा रहँदै आएका थिए ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवका अनुसार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट प्राप्त परिक्षण रिपोर्टले उनीहरुमा कोरोना संक्रमण भएको पुष्टि भएको हो । पछिल्लो पटक संक्रमण पुष्टि भएका एक जना स्वाथ्यकर्मी हनुमाननगर कंकालिनी नगरपालिकास्थित क्वारेन्टाईन ब्यवस्थापनमा खटिएका थिए ।

यसअघि अघिल्लो दिन बिहीबार कोरोना निको भएर १७ जना डिस्चार्ज भएका थिए । जिल्लामा शुक्रबारसम्ममा संक्रमितको संख्या १ सय ३८ पुगेको छ । जसमध्ये २१ जना डिस्चार्ज भई घर फर्किसकेका छन् । बाँकी रहेका १ सय १७ मध्ये १ सय ३ जनाको यहाँस्थित साईकृष्णा अस्पतालको आइसोलेशन वाडमा राखि उपचार भइरहेको छ ।

वेडको अभावमा १४ जना संक्रमित भने अझै सम्बन्धीत स्थानिय तहको क्वारेन्टाईनमै छुट्टै कोठामा राखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यादवले बताए । ‘वेडको अभावका कारण केही संक्रमितलाई आइसोलेशनमा ल्याउन सकिएको छैन्, उनले भने, ‘आइसोलेशन वेडको अभावलाई पूर्ति तथा थप वेडको बिस्तार र व्यवस्थापनमा लागिपरेका छौं ।’

सप्तरीको १८ मध्ये १४ वटा स्थानिय तहमा कोरोना संक्रमित देखिसकिएको छ । यसलाई थप बिस्तार हुन नदिन श्रोत साधानले भ्याएसम्म काम गरिरहेको उनको भनाई छ । सप्तरीमा संक्रमित हुनेको संख्या दिनानुदिन बढ्दै गएकाले आवश्यक तयारी तथा सुरक्षा सतकर्ता लगायतका उपाय चुस्तदुरुस्त बनाउनु पर्ने स्थानियको भनाई छ ।

तपाइको प्रतिक्रिया
(Visited 299 times, 1 visits today)

epaper

ताजा समाचार

मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माणाधीन संरचनाको अनुगमन