काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपीन आचार्यले गरिमा चौधरी हत्या प्रकरणमा सरकारको असंबेदनशिलताका ’boutमा प्रश्न उठाएका छन् ।
गरिमाको जघन्य हत्या प्रकरणमा आरोपीको भिडियो सार्बजनिक भएको र शालिक बनमउने बिषयमा सर्बत्र आलोचना भईरहेको बेला राज्य र समाज संवेदनशील नबनेको भन्दै प्रश्न उठाएका हुन्।
आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै सो घटना पछि मृतकका परिवार र अभियुक्तको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक गरिएको भन्दै आपत्तिसमेत जनाएका छन्
`हामीले कस्तो समाज बनाइरहेका छौँ ? भन्दै प्रश्न गर्दै भने, ‘मृतकको बुवाआमाले धन्यवाद भनेको भिडिओ मन्त्रालयमा खिचिन्छ र कतै मेडिकल गर्दै गर्दा अभियुक्तले बोलेको कुराहरूलाई सार्वजनिक तरिकाले पब्लिकमा राखिन्छ । यस्तो समाज बन्द गरिनुपर्छ ।’ उनले राज्यले गोपनिय राख्नु पर्ने बिषय सामाजिक सञ्जालमा भाईरल गराएको भन्दै आपत्तिसमेत जनाएका छन्।
सम्बन्धित समाचार
दिउँसो ३ बजे मन्त्रिपरिषद बैठक बस्दै
मन्त्रिपरिषद् बैठकका ५ निर्णय
साढे ५ महिनापछि पूर्वप्रधानमन्त्री देउवा आज स्वदेश फर्किँदै, भव्य स्वागतको तयारी
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै
३० दिन अल्पमतमा बसेर शाहको राजीनामा, सुदूरपश्चिममा नयाँ सरकारको बाटो खुला
समापन समारोहमा किन गएनन् पूर्णबहादुर र शेखर
कार्कीसहित सबै पूर्वप्रधानमन्त्रीविरुद्ध भ्रष्टाचारमा अनुसन्धान
सरकार र सांसदका व्यवहारले रास्वपा सभापति चिन्तित






