अमेरिकन प्रतिनिधिसँग प्रधानमन्त्रीले मुस्ताङ भ्रमणमा भेटे ?

काठमाडौंं । कांग्रेस सांसद खड्ग शाहीले प्रधानमन्त्रीको मुस्ताङ भ्रमणका बेलामा अमेरिकी प्रतिनिधिसँग भेट भए/नभएको’bout प्रश्न उठेको छ। नेपाली कांग्रेसका सांसद खडग शाहीले आजको बैठकमा अमेरिकी अधिकारी मुस्ताङ पुगेको कुरा बाहिरिएको भन्दै प्रश्न उठाएका हुन ।

“प्रधानमन्त्रीको मुस्ताङ भ्रमणलाई निजी भ्रमण भनिएको छ । तर, सोही समयमा अमेरिकी पक्षका प्रतिनिधि मुस्ताङ पुगेको चर्चा सार्वजनिक भएको छ,” उनले भने ।  अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्कर नेपालमा रहेको पुष्टि भएको उनले दाबी गरेका छन ।

प्रधानमन्त्री मुस्ताङ जानुको उद्देश्य’bout सरकारले  जानकारी नगराएको भन्दै उनको प्रश्न छ ।  “अमेरिकी प्रतिनिधि को–को मुस्ताङ पुगेका थिए ? उनीहरूको पद र जिम्मेवारी के हो ? उनीहरू मुस्ताङ किन गएका हुन् ? प्रधानमन्त्रीज्यू र अमेरिकी प्रतिनिधिबीच मुस्ताङमा छलफल भएको हो वा होइन ?,” सांसद शाहीको प्रश्न छ।

जनतालाई प्रधानमन्त्रीले  तथ्य जानकारी गराउनुपर्ने उनले  बताए ।

तपाइको प्रतिक्रिया
(Visited 252 times, 1 visits today)

epaper

ताजा समाचार

हिमालय इङ्गलिस स्कुलमा निःशुल्क आँखा–दन्त शिविर