काठमाडौं । जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइतेका माग सम्बोधन गर्न सरकारले विशेष कार्यदलमार्फत काम अघि बढाउने भएको छ ।
गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा आज उनको कार्यकक्षमा भएको छलफलमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, प्रतिनिधिसभा सदस्य, मुख्य सचिव, गृहसचिव तथा जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेका प्रतिनिधिको सहभागिता थियो ।
छलफलमा गत वर्ष २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइतेका माग कार्यान्वयनका लागि मन्त्रिपरिषद्बाट गत २४ मंसिरमा स्वीकृत १० बुँदे सम्झौता तथा गत १८ असारमा स्वीकृत २४ बुँदे प्रस्ताव कार्यान्वयनको अवस्था’bout विचार आदानप्रदान भएको थियो ।
माग कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सहसचिवको अध्यक्षतामा गठित सहजीकरण समितिलाई जेन–जीसम्बन्धी विषय मात्र कार्यान्वयन गर्ने विशेष कार्यदलका रूपमा जिम्मेवारी तोक्ने निर्णय भएको छ ।
छलफलमा जेन–जी परिषद् घोषणा, जेन–जी शहीद दिवस घोषणा, दौलत थापालाई ‘जिउँदो शहीद’ घोषणा, २४ बुँदे प्रस्ताव संशोधन, संसद् भवन परिसरमा जेन–जीको शालिक निर्माण तथा जेन–जी पार्क निर्माणलगायत विषयमा विचार आदानप्रदान भएको गृह मन्त्रालयले जनाएको छ ।
सम्बन्धित समाचार
प्रधानमन्त्री शाह र चिनियाँ राजदूतबीच भेटबार्ता सम्पन्न
एमाले–नेकपा ३ बुँदे सहमति तीन सातादेखि अलपत्र
युवा पुस्तालाई परराष्ट्र नीतिको केन्द्रमा जोड्दै सरकार
परराष्ट्रको ‘नेपाली नागरिकको उद्धार तथा शव फिर्ती कार्यविधि’ अर्थ मन्त्रालयमा
प्रधानमन्त्रीले गरे मुख्यसचिवसहित सबै मन्त्रीसँग कार्यसम्पादन सम्झौता
विज्ञ ल्याउने नाममा ‘सहकारी बद्मास’लाई मन्त्रालयको साँचो
अमेरिकन प्रतिनिधिसँग प्रधानमन्त्रीले मुस्ताङ भ्रमणमा भेटे ?
चार वटा विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो






