रसुवाको बाढीपछि कैलालीका ३० भन्दा बढी कामदार सम्पर्कविहीन

धनगढी । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि कैलालीबाट रोजगारीका लागि रसुवा पुगेका ३० भन्दा बढी कामदार सम्पर्कविहीन भएका छन् ।

टीकापुर नगरपालिका–१ समितिपुरबाट ठेकेदारमार्फत रसुवा पुगेका उनीहरू धुन्चे बजारनजिकै रहेको जलविद्युत् आयोजनाको सुरुङ निर्माणमा काम गर्दै आएका थिए । उनीहरू बुधबार बिहानदेखि परिवारको सम्पर्कमा नआएका हुन् ।

स्थानीय अखिल चौधरीका अनुसार बाढी आउनुअघि कामदारहरू सुरुङभित्र काम गर्न गएका थिए । कामदारलाई लिएर रसुवा पुगेका तुलाराम चौधरीसँग बुधबार बिहान एकपटक फोन सम्पर्क भएको थियो । त्यसपछि भने उनीसँग पनि सम्पर्क हुन नसकेको चौधरीले बताए ।

बाढीपछि रसुवामा रहेका कैलालीसहित विभिन्न जिल्लाका कामदार तथा कर्मचारीको अवस्था’bout परिवारजन चिन्तित बनेका छन् । सम्पर्कविहीन कामदारका आफन्तले तत्काल खोजी तथा उद्धार गरी उनीहरूको अवस्था’bout जानकारी गराउन माग गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 17 times, 1 visits today)

epaper

ताजा समाचार

चोरीको मोटरसाइकल शाखा अधिकृतको घरबाट बरामद