जनयुद्ध नेपालको कम्युनिष्ट आन्दोलनको अमुल्य सम्पत्ति : बिरेन्द्र बस्नेत

दमक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता बिरेन्द्र बस्नेतले जनयुद्धले नेपालको सामाजिक र राजनैतिक रुपमा मुलुकको काया पलट गरिदिएको बताएका छन् ।

२५ औँ जनयुद्ध दिवसको अवसरमा बिहीबार दमकमा जनआन्दोलन र जनयुद्धका शहीदको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै नेता बस्नेतले जनयुद्धले केन्द्रदेखि गाउँसम्म ब्याप्त सामन्ती आर्थिक सामाजिक स्थितिमा आमुल परिवर्तन ल्याएकाे बताए ।

जनयुद्धका क्रममा नेपाली जनताले देखाएको त्याग, समर्पण र बलिदानको गाथालाई नयाँ पुस्तामा पु-याउन सकिएन भने यो परिवर्तनको सार्थकता नहुने उनको भनाई थियो ।

नेपालमा जनयुद्ध र शान्तिपूर्ण संघर्षको फ्युजनबाट मात्रै आन्दोलन सफल भएको बताउँदै उनले जनयुद्ध नेपालको कम्युनिष्ट आन्दोलनको अमुल्य सम्पत्ति भएका बताए । जनयुद्धमा महिला दलित मजदुर किसानको महत्वपूर्ण सहभागीता रहेको उनको भनाई थियो ।

तपाइको प्रतिक्रिया
(Visited 407 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चिकित्सक दम्पतीको फाउन्डेसनमा १८ बालबालिकाको अभिभावकत्व

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जनकपुरमा कांग्रेसले गठबन्धनको निर्णय नमान्ने