काठमाडौं । रसुवा भोटेकोशीमा आएको बाढीपछि खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढीका कारण ४ सय ३८ जनाको शव फेला परेको छ भने ९ सय ७७ जना अझै सम्पर्कविहीन छन् ।
प्राधिकरणका अनुसार फेला परेका शवमध्ये रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ३३, गोरखामा ४६, नवलपरासी पूर्वमा १ सय ३४, नवलपरासी पश्चिममा २७, तनहुँमा २८ र चितवनमा १ सय २१ जना रहेका छन् ।
सम्पर्कविहीनमध्ये रसुवाका १ सय ६१, मकवानपुरका ६६, नुवाकोटका १, अध्यागमन कार्यालयका ४, भन्सार कार्यालयका १५, नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५ तथा सशस्त्र प्रहरीका १३ जना रहेका छन् । त्यस्तै, सम्पर्कविहीन विदेशी नागरिकको संख्या ५ सय १७ जना रहेको प्राधिकरणले जनाएको छ । विदेशमा बस्ने नेपाली नागरिकमध्ये १ सय २७ जना पनि सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ ।
बाढीबाट ७३ जना घाइते भएका छन् । घाइतेमध्ये रसुवाका ४३, धादिङका ३ र नुवाकोटका २७ जना छन् ।
बाढी तथा विपद् घटनापछि हालसम्म ३ हजार ६ सय ४२ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये २५ जना विदेशी नागरिक रहेका छन् । नेपाली सेनाका ७ वटा र निजी क्षेत्रका गरी ७८ वटा हेलिकोप्टर उडानमार्फतसमेत उद्धार तथा राहत कार्य गरिएको प्राधिकरणले जनाएको छ । खोज तथा उद्धारमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसहित १४ हजार ५ सय २८ सुरक्षाकर्मी परिचालन गरिएको छ ।
यसैगरी, सरकारले प्रभावित जिल्लामा नगद राहतसमेत उपलब्ध गराएको छ । रसुवामा १ करोड रुपैयाँ, नुवाकोटमा १ करोड रुपैयाँ र धादिङमा ५० लाख रुपैयाँ पठाइएको विवरणमा उल्लेख छ ।
त्यसैगरी, प्रभावित क्षेत्रमा १० ट्रक राहत सामग्री पठाइएको छ । हेलिकोप्टरमार्फत खाद्य तथा गैरखाद्य सामग्री पठाइनुका साथै थप २० ट्रक खाद्य तथा गैरखाद्य सामग्री पठाउने तयारी भइरहेको प्राधिकरणले जनाएको छ ।
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सञ्चार सेवा सञ्चालनका लागि सञ्चार सेटसमेत पठाइएको छ । इन्धनतर्फ नुवाकोटमा डिजेल ४१ हजार लिटर र पेट्रोल २४ हजार लिटर मौज्दात रहेको तथा थप इन्धन आवश्यक परे पठाउने तयारी गरिएको प्राधिकरणको विवरणमा उल्लेख छ ।
यो विवरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले १२ भदौ शुक्रबार दिउँसो ३ बजेसम्म सार्वजनिक गरेको ‘अपडेट’मा आधारित छ ।
सम्बन्धित समाचार
वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्याङ्क सङ्कलन
पूर्ववडामहारानी रत्नराज्य लक्ष्मी डिस्चार्ज
कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग अवरूद्ध
गर्मी बढेसँगै सर्पदंशका घटना बढे, औषधि आपूर्ति थालियो
देउवाकै नेतृत्वमा कांग्रेस अगाडि बढ्छ: शशांक कोइराला
‘अनि बन्यो बन्दीपुरमा मानकाजीको वन’
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी, पहिरो तथा भूक्षयको जोखिम
दाजुभाइको दीर्घायुको कामना गर्दै रानाथारू महिलाले मनाए तीज





