काठमाडौं । रसुवास्थित भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली–३ जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको उद्धारको प्रयास जारी छ।
नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त फौज तथा विशेषज्ञ टोलीले ड्रिलिङ मेसिन, स्काभेटर, हाइड्रोलिक कटरलगायत सामग्रीको प्रयोग गरी सुरुङको प्रवेशद्वार पत्ता लगाउने काम गरिरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
उक्त सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि यही भदौ १२ गतेदेखि सुरक्षा फौजले त्यस क्षेत्रमा निरन्तर प्रयास जारी राखेको छ। गए राति सो क्षेत्रमा वर्षा र भोटेकोशीमा बाढी बढेपछि उद्धारका काम केही समय रोकिएको थियो।
बाढीको बहाव कम भएसँगै पुनः उद्धारका काम सुरु भएको सेनाले जनाएको छ। उद्धार टोलीमा विशेषज्ञसहित ९३ जना संलग्न छन्।
प्रभावित जिल्लामा करिब आठ हजार ४०० सयभन्दा बढी फौज खटिई समन्वयात्मक रूपमा काम गरिरहेको सेनाले जनाएको छ। यसैबीच, सेनाले आज बिहान ११ः०० बजेसम्म टिमुरे, धुञ्चे र हाकुबेंसी इलाकाबाट चार चिनियाँ नागरिकसहित १८३ जनाको उद्धार गरेको छ।
सम्बन्धित समाचार
विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड
माईखोलामा बन्यो झोलुंगे पुल, स्थानीयवासी खुसी
सेनाको सहयोगमा बाढीले बगाएको वीरेठाँटी–घान्द्रुक सडक पुनर्निर्माण गरिँदै
बाक्सिलामा निर्माणाधीन विद्युत् सवस्टेसन : तीन वर्षको सम्झौता, दश वर्षमा पनि बनेन
महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण
म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण
बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा
वीरगञ्ज चिनी मिल सञ्चालनकाे तयारी





