४५ दिनपछि खुल्यो मेची राजमार्गको राजदुवाली

इलाम । पहिरोका कारण अवरुद्धमेची राजमार्ग अन्तर्गत इलामको राजदुवाली सडक खण्ड ४५ दिन पछि खुलेको छ । लामो समयदेखि सडक दबिएर समस्या भएको उक्त सडक गत असार २२ मा पानी परेपछि अवरुद्ध थियो ।

उक्त सडकमा भदौ १५ गते देखि साना सवारी साधन सञ्चालन गर्ने गरी सडक खुलेको सडक डिभिजन कार्यालय इलामका सुचना अधिकारी अर्जुन घिमिरेले जानकारी दिए । ‘लामो समयदेखि सडक अवरुद्ध रहेकाले सर्वसाधारणको आवतजावत सहज बनाउन आवश्यकताअनुसार साना सवारी साधनका लागि सडक खुलाइएको हो,’ उनले भने, ‘अझै सडकमा काम भइरहेको छ ।

ठूला सवारी साधन सञ्चालन गर्दा सडक मर्मत तथा निर्माणको काममा समस्या हुने भएकाले तत्काल साना सवारी साधन मात्रै सञ्चालन गर्न दिइएको छ ।’ ठूला सवारी साधनका लागि भने सिमलगोलाई–तिल्केनी सडक तथा भञ्ज्याङ–बेलासे सडक सञ्चालनमा छन् ।

मेची राजमार्गको राज दुवाली खण्डमा केही समयअघि भौगर्भिक अध्ययनसमेत भएको थियो । जमिनभित्रबाट पानी बगिरहेकाले हरेक वर्ष जमिन दबिएर जाने समस्या रहेको अध्ययनले देखाएको थियो डिभिजन प्रमुख पवन भट्टराईले भने, यहाँको जमिन भित्र पानी रहेको भन्ने अध्ययनले देखाएको र उक्त पानी पाइपबाट जमिन बाहिर ल्याउने गरी काम भइरहेको छ ।’

यहाँ पाईप छिराएर पानी तान्ने काम भएपनि जमिन धसिएको कारण सबैमा पानी निस्किएको छैन अब इनार बनाएर इनारमा पानी जम्मागरि पानी निकाल्ने काम हुन्छ । अहिले बाहिर निस्किएको पानीलाई पलास्टिकको नालीबाट कटाइएको छ । मेची राजमार्गको सडक भासिने क्रम नरोकिएको कारण लामो समयदेखि इलाम सहित पाँचथर र ताप्लेजुङ जाने सवारीसाधन समस्या भोगिरहेका छन् ।

अहिले पनि पानी पर्ना साथ के हुन्छ सडक सञ्चालन हुन्छ भन्ने यकिन छैन । साबिक मेची अञ्चलका चार जिल्ला जोड्ने राजमार्गको उक्त सडक खण्ड सधैँ बिग्रने गरेको हुँदा झापा, इलाम, पाँचथर र ताप्लेजुङको यात्रामा उक्त खण्ड बाधक बन्ने गरेको हो ।

मेची राजमार्गको भन्ज्याङदेखि बेलासे सडक खण्डको पुवाखोलामा पनि त्रबेबिृज निर्माणको काम शुरु भएको छ । यस खोलामा लगाइएको बेलिबृज गत असोजको बाढीले बगाएपनि फेरी यहाँ बेलिबृज जडान थालिएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 23 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधानमन्त्री र सभापति लामिछानेबीच के के भयो छलफल ?