प्रधानमन्त्री र सभापति लामिछानेबीच के के भयो छलफल ?

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेबीच सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेटवार्ता भएको छ।

​भेटमा रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा सरकारद्वारा भइरहेका खोज, उद्धार, राहत वितरण तथा नागरिक व्यवस्थापनका प्रयास’bout छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

सचिवालयका अनुसार ​भेटका क्रममा प्रभावित नागरिकहरूको उद्धार र राहतका साथै क्षति पुगेका संरचनाको पुनस्स्थापनाका विषयमा छलफल भएको थियो।

​प्रधानमन्त्री शाहले सभापति लामिछानेलाई विपद् प्रभावित क्षेत्रमा नागरिकको जीउधनको रक्षा, राहत सामग्रीको सहज पहुँच र पुनःस्थापनाका लागि सरकारी संयन्त्रहरू पूर्ण क्षमताका साथ परिचालन गरिएको जानकारी गराएका थिए।

तपाइको प्रतिक्रिया
(Visited 5 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधानमन्त्री र सभापति लामिछानेबीच के के भयो छलफल ?