काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढी तथा देशका विभिन्न स्थानमा बाढी–पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एक्स्ट्रिम इनर्जी ड्रिंक्सले एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
कम्पनीले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने जनाएको हो । विपद्को कठिन घडीमा प्रभावित परिवार तथा नागरिकको पीडा न्यूनीकरण गर्न तथा उद्धार, राहत र पुनःस्थापनाका कार्यमा सरकारसँग ऐक्यबद्धता जनाउँदै सहयोग गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले बाढी–पहिरोबाट प्रभावित नागरिकप्रति समवेदना व्यक्त गर्दै विपद्मा घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै, विपद्मा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।
उद्धार तथा राहत कार्यमा आफ्नो ज्यानको जोखिम मोलेर खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सरकारी र गैरसरकारी निकायको योगदानप्रति कम्पनीले सम्मान व्यक्त गरेको छ ।
सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै कम्पनीले आगामी दिनमा पनि देश र नागरिकको हितमा आवश्यक सहयोग तथा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
सम्बन्धित समाचार
३५० रुपैयाँको सामान किनेका उपभोक्ताले जिते १० लाख
गभर्नरको कार्यकाल तीन वर्षमा झारिँदै
सरकारसँग १४ बुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए
एनसेल फाउन्डेसनद्वारा १ करोड राहत सहयोग घोषणा
सरकारले सञ्चालन गरिरहेका कोषमा रकम जम्मा गर्नेलाई सीमा नलाग्ने
सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार
भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग
युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग






