वीरगन्ज । अपहरण शैलीमा वीरगन्जको नारायणी अस्पतालबाट अरुको एकदिनको नवजात शिशुलाई लिएर फरार भएको आरोपमा सबिना खातुन पक्राउ परेकी छन् । नवजात शिशुलाई पनि सकुशल उद्दार गर्न सकिएको पर्साका प्रहरी उपरिक्षक पवनकुमार भट्राईले राजधानी दैनिकसँग बताएका हुन् ।
सरसफाइ कर्मचारी बनेर परिचय लुकाई शिशुलाई खेलाउँदै आफ्नो नियन्त्रणमा लिएर सम्पर्क बिहीन बनेकी २७÷२८ वर्षीय खातुनलाई वीरगन्ज महानगरपालिका वडा नम्बर १६ इनर्वाटोल स्थित हाजी हमिद मिया तेलीको घरबाट शिशु पनि सकुशल उद्दार गर्दै खातुनलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक भट्टराईले पुष्टि गरे ।
सर्लाहीको रामनगर नगरपालिका–३ निवासी रञ्जय दास र रिंकु देवी दासका एकदिने शिशु (छोरा) लाई गलत मयसायले अभियुक्त खातुनले आइतबार नारायणी अस्पतालको गाइनो वार्डको बेड नम्बर ११ मा प्रवेश गरी नियन्त्रणमा लिएर फरार थिइन् । उनी इनर्वा टोलस्थित हाजी हमिद मिया तेलीको घरमा कोठा भाडामा लिई बस्दै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको पर्सा प्रहरीले जनाएको छ ।
अभियुक्तले कहिले आफ्नो घर पर्साको रंगपुर टाडी त कहिले कता बताउँदैछन् । माइती पनि छपकैया तर्फ बताउँदै छन् । तर भरपर्दो कागजी डकुमेन्ट फेला नपरेसम्म उनी कहाँकी हुन् भन्ने एकिन पुष्टि गर्न अप्ठ्यारो भएको पर्सा प्रहरीले जनाएको छ । अभियुक्तको ठोस भनाई र कागजी डकुमेन्टका आधारमा मात्र अभियुक्तको विस्तृत खुल्ने पर्साका प्रहरी प्रमुख समेत रहेका प्रहरी उपरिक्षक भट्टराईले बताए ।
सरसफाइकर्मी भन्दै नानी चोरेर गायव
शिशुकी हजुरआमा साँझा देवीका अनुसार ती महिला अस्पताल परिसरमा सरसफाइ कर्मचारीको काम गर्छु भन्दै बच्चासँग नजिकिएकी थिइन् । आफूले बच्चाको हेरचाह गरिरहेको समयमा अस्पतालका सुरक्षा गार्डले गाइनो वार्डमा बस्न नदिएपछि आफू बाहिर गएको र सोही समयमा महिलाले नवजात शिशुलाई लिएर गायव भएको उहाँको दावी छ ।
अस्पतालको संवेदनशील वार्डबाट नवजात शिशु अरुको नियन्त्रणमा पर्नुलाई समान्य लिन नहुने पर्साका प्रहरी नायव उपरिक्षक राजु कार्कीले बताए । अस्पतालको सुरक्षा व्यवस्थामाथि पनि प्रश्न त उठेको छ उनले भने । तथापि यो घटनामा प्रहरीले गम्भिर अनुसन्धान गरी तथ्य कुरा बाहिर ल्याउने पर्सा प्रहरीको भनाइ छ ।
सम्बन्धित समाचार
वीरगञ्ज चिनी मिल सञ्चालनकाे तयारी
नारायण अस्पतालवाट शिशु चोरी
मौलापुर नगर प्रमुखद्वारा ढल निर्माणको निरीक्षण
देशभर मनसुनी वायुको प्रभाव कायमै, यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा पौडेल
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले पाए विश्वासको मत
नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै
स्मार्ट टेलिकम धरौटी लिलाम प्रकरण : इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे ८० लाख रुपैयाँ धरौटीमा रिहा






