रौतहट । रौतहटको मौलापुर नगरपालिका ढल निर्माणमा मोडेल बन्दै गइरहेको छ । मधेस प्रदेशको यस पालिकामा शिक्षा, स्वास्थ्य, यातायात लगायतका क्षेत्र मात्रै नभई ढल निर्माणमा समेत नमुना कार्यले चर्चा पाएको छ ।
शून्य करको नीति लिएको मौलापुर नगरपालिकामा फ्री पानी, फ्री बिजुली, छोरीको बिहेमा नगरपालिकाको सहयोगका साथै शिक्षा, स्वास्थ्य, यातायात, दलित बस्ती निर्माण लगायतका क्षेत्रमा नमुना काम निरन्तर जारी रहेकाले देशैभरका विभिन्न पालिकाले अध्ययन भ्रमण गर्दै आएका छन् ।
देशै भरी आफ्नो कामले चर्चामा रहेको मौलापुर नगरपालिकामा बर्सेनि विभिन्न पालिकाबाट अध्ययन भ्रमण गर्नुका साथै यहाँको काम हेर्न आउनेको सङ्ख्या समेत बढ्दै गइरहेको मौलापुर नगरपालिकाले जनाएको छ ।
यसैबिच करोडौं लागतमा मौलापुरले नगरपालिकाभित्र विभिन्न ढल निर्माणको कार्य गरेको छ । केही ठाउँमा निर्माण कार्य सम्पन्न पनि भइसकेको छ भने केही ठाउँमा अझै निर्माण कार्य चलिरहेको छ । मौलापुरको यो ढल निर्माण कार्य अन्य कार्यक्रम जस्तै जिल्लाभरि चर्चा पाएको छ ।
स्थानीय सुरेन्द्र कुशवाहाले मौलापुर जस्तो ढल निर्माणको कार्य अन्य पालिकामा नदेखेको बताउँदै खुसी व्यक्त गरे । ‘ढल निर्माणमा मात्रै नभई मौलापुर नगरपालिका अन्य विभिन्न क्षेत्रमा गर्दै आएको नमुना कार्यका कारण धेरै टाढा टाढाका जन निर्वाचित प्रतिनिधिहरू यहाँ हेर्न आउने, सिक्न आउने र आफ्नो पालिकामा समेत त्यसलाई कार्यान्वयन गर्ने भन्दै प्रतिबद्धता व्यक्त गरेको हामीले पाएका छौँ,’ कुशवाहाले भने ।
तीव्र रूपमा अगाडी बढिरहेको ढल निर्माण कार्यको मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साह निरीक्षण गरेकी छन् । मेयर साहले अन्य काम जस्तै ढल निर्माणको कार्य पनि नमुनाको रूपमा सम्पन्न हुनुपर्नेमा जोड दिँदै आएकी छन् । ढलको अभावमा दुख व्यहोर्दै आएका स्थानीयले अब समस्याबाट मुक्ति पाउनेमा पालिकाले विश्वास गरेको छ ।
मौलापुर नगरपालिकाको ऐतिहासिक महादेव मन्दिर क्षेत्रमा पानी निकासका लागि ढल निर्माण कार्य द्रुत गतिमा अगाडि बढिरहेको छ । मेयर साहले सो कार्यको अनुगमन गरेकी छन् । ‘यो परियोजनाले पतौरा गाउँ र बजार क्षेत्रको डुबान समस्यालाई सधैँका लागि समाधान गरी स्थानीय जनतालाई ठुलो राहत दिनेछ,’ मेयर साहले खुसी व्यक्त गर्दै बताइन् ।
तराई मधेसमा ढलको अभावमा बर्सेनि लाखौँ नागरिकले दु:ख भोग्दै आएका छन् । बर्सातको समयमा यो समस्या झन् बढ्दै गएपछि नागरिकले थप समस्या भोग्नुपर्ने बाध्यता छ । तर अब यो समस्याबाट मौलापुरबासीले मुक्ति पाउने भएका छन् ।
सम्बन्धित समाचार
पुष्टि भएका तथ्य मात्र सम्प्रेषण गर्न प्रहरीको अनुरोध
दुर्घटनामा परी राम टोलका दुई रामको मृत्यू
तेल्हा पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु
गढन्ता खोलाको बाढीले बगाउँदा एक जनाको मृत्यु
भुक्तानीको चक्करले घण्टाघरका घडी धर्म छोड्दै
चन्दा उठाएर बेसहारा खातुनलाई नयाँ जीवन दिने प्रयास
बन्दीपुरमा ट्याक्टर दुर्घटना हुँदा १५ जना घाइते
सप्तरीमा हराएका २६ मध्ये २० जना भेटिए






