आप्रवासी बालबालिका र मौसमी शिक्षा

विद्या छैन तर ठूलो कुल छ भने त्यस्तो विशाल कुलको काम छैन । निचकुलमा जन्मिएको भएपनि यदि विद्वान छ भने ऊ देवताद्वारा पनि पुजित हुन्छ । विद्या पढेको व्यक्ति नै सम्मानित हुन्छ, प्रशंसित हुन्छ । यो चाणक्य नीतिको भनाइ हो । यस्तै स्थानान्तरित बालबालिकालाई शिक्षाका माध्यमबाट कोपिला नेपाले सन् २०१२देखि काम गर्दै आएको छ । इमाडोलको आफ्नो घर वरिपरि इँटाभट्टामा काम गर्ने धुलोमुलोमा खेल्दै गरेका बालबालिकालाई देखेपछि शैक्षिक समाजसेवी बिमललाल श्रेष्ठलाई ती बालबालिकाको शैक्षिक भविष्य’bout चिन्ता लाग्छ । छोटो समयका लागि काम गर्न आएका अभिभावकका बालबालिकालाई कसरी शिक्षा दिन सकिन्छ भन्ने मानसिक मन्थन सुरु हुन्छ । अनि जन्मन्छ अभियान र बन्छ संस्था कोपिला नेपा ।

आफ्ना सहकर्मी साथीहरूलाई योजना सुनाउँदै वडा तथा स्थानीय तह अनि युके र बेल्जियममा रहेका केही मित्रको साथले कोपिला नेपा अगाडि बढेको छ । अभियानले रजत महोत्सव मनाइसक्यो । कतिपय बालबालिकाको भविष्यले स्वर्णता प्राप्त गरेको छ । अझ भनौँ ईँटाभट्टामा प्रयोग गर्ने साँचोले बालबालिकाको भविष्यको ताल्चा खोल्छ भन्नेमा संस्था ढुक्क छ ।

वास्तवमा सरकारसँग पनि आधिकारिक तथ्याङ्क नै छैन कि कति बालबालिका ईँट्टाभट्टामा काम गरेका अभिभावकका छोराछोरी छन् । मौसमी विद्यार्थीलाई कस्तो शिक्षा प्रदान गर्नुपर्छ स्पष्ट योजना स्थानीय सरकारदेखि हुनुपर्छ । आप्रवासी विद्यार्थीहरूको भविष्यको लागि तिनै तहका सरकारले योजना बनाउन जरुरी छ । जसरी कोपिला नेपा र अन्य संस्थाले पनि यस क्षेत्रमा काम गरिरहेका छन् । यी विद्यार्थी औपचारिक सरकारी तथ्याङ्क बाहिर छन् तर मौसमी विद्यालयमा अध्ययन गर्दैछन् ।

२०८१ सालको माध्यमिक शिक्षा परीक्षामा भक्तपुरको एक सामुदायिक विद्यालयबाट ईँटाभट्टामा काम गर्ने एक विद्यार्थीले चार जीपीए ल्याएपछि अवसर पायो भने यस्ता विद्यार्थीले सहजै प्रगति गर्न सक्छन् भन्ने उदाहरण पनि देखाएको छ ।

ईटाभट्टाको धुलोधुवा भित्र जोखिम अवस्थामा आमाबाबुसँगै हुर्कदै शिक्षालाई निरन्तरता दिन यस्तै सहयोगी संस्था भए मात्र सम्भव छ । अहिले त सबै स्थानीय तहहरू पनि बालमैत्री स्थानीय तह बन्दैछन् । यस्तो अवस्थामा कति छन् मौसमी विद्यार्थी या कति छन् बालश्रमिकहरु तथ्याङ्क खोज्न जरुरी छ । संस्थाका संस्थापक बिमललाल श्रेष्ठका अनुसार अनुसार कतिपय बालबालिकाहरूले आफ्नो विद्यालय शिक्षालाई निरन्तरता गर्न पाएका छन् भने कतिपय बालबालिका बीचैमा विद्यालय बाहिर जाने गर्छन् । अझ केही विद्यार्थी सानै उमेरमा विवाह गरेर सानासाना बालबालिकासँगै फेरि ईँटाभट्टामा नै काम गर्न आएका तथ्यांकहरु पनि भेटिन्छन् । कोपिला नेपामा पनि नेपाल सरकारकै पाठ्यक्रम प्रयोग गरिन्छ । पाठ्यपुस्तक प्रयोग गरिन्छ तर छ महिनाभित्र नै सबै कुरा विद्यार्थीलाई सिकाइ सक्नुपर्ने हुन्छ । साना कक्षाहरुमा त सजिलो होला तर ती विद्यार्थीलाई माथिल्लो कक्षासम्म पुर्याउन हातेमालो गर्न जरुरी छ ।

परिवारको रोजगारीका कारण बालबालिकाको पढाइ रोकिन नदिन उनीहरू पुगेको स्थानमै शिक्षा उपलब्ध गराउने अवधारणाले मौसमी शिक्षालाई व्यवहारिक र प्रभावकारी माध्यमका रूपमा स्थापित गरेको छ ।

मौसमी शिक्षा भन्नाले नियमित विद्यालयमा निरन्तर उपस्थित हुन नसक्ने मौसमी आप्रवासी तथा श्रमिक परिवारका बालबालिकालाई उनीहरू बसोबास गर्ने स्थानमा निश्चित अवधिका लागि शिक्षा प्रदान गर्ने व्यवस्था हो । यो नियमित शिक्षाको विकल्प नभई विद्यालयसँगको सम्बन्ध कायम राख्ने र सिकाइ निरन्तरता दिने एउटा सेतु हो।

नेपालको संविधान २०७२ ले शिक्षा प्रत्येक बालबालिकाको मौलिक अधिकार हो भन्छ । निशुल्क शिक्षा ऐन २०७५ पनि छ । बालबालिकाले आफ्नो पारिवारिक, आर्थिक वा सामाजिक परिस्थितिका कारण शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्था आउनु हुँदैन । तर आर्थिक अभाव, अभिभावकको मौसमी बसाइँसराइ, बालश्रम तथा अन्य सामाजिक परिस्थितिका कारण धेरै बालबालिका अझै पनि गुणस्तरीय शिक्षाबाट टाढा छन् । विशेषगरी इँटा उद्योग, निर्माण क्षेत्र, कृषि तथा अन्य मौसमी श्रममा संलग्न परिवारका बालबालिकाको शिक्षा निरन्तरता आज पनि गम्भीर चुनौती बनेको छ ।

कुराकानीमा उहाँले अभिभावक रोजगारीका लागि एक ठाउँबाट अर्को ठाउँमा स्थानान्तरण हुँदा बालबालिका पनि उनीहरूसँगै जान बाध्य भएको सुनाउनु भयो । यस क्रममा नियमित विद्यालय छुट्ने, सिकाइमा निरन्तरता नहुने र अन्ततः विद्यालय नै छोड्ने जोखिम बढ्छ । बालबालिकाको यस्तो अवस्थालाई केवल शैक्षिक समस्या मात्र नभई उनीहरूको अधिकार, बाल्यकाल र भविष्यसँग जोडिएको विषयका रूपमा बुझ्न आवश्यक छ ।

यही संवेदनशील यथार्थलाई आत्मसात् गर्दै कोपिला नेपाले लामो समयदेखि जोखिममा रहेका, आप्रवासी तथा श्रमिक परिवारका बालबालिकाको शिक्षा र अधिकारका क्षेत्रमा महत्वपूर्ण कार्य गर्दै आएको छ। विद्यालय भर्ना तथा पुनःभर्ना, शैक्षिक निरन्तरता, मौसमी कक्षा, अभिभावक सचेतना, महिला सशक्तीकरण, बाल संरक्षण तथा आवश्यकताअनुसार बालबालिकाको पुनस्र्थापनाजस्ता कार्यक्रममार्फत कोपिला नेपाले शिक्षा र अवसरबाट वञ्चित बालबालिकालाई मूलधारमा ल्याउने प्रयास गरिरहेको छ । विशेषगरी “स्थानान्तरित बालबालिकालाई शिक्षाको माध्यमबाट सशक्त” बनाउने उद्देश्य कोपिला नेपाको कार्यदिशाको महत्वपूर्ण पक्ष हो । परिवारको रोजगारीका कारण बालबालिकाको पढाइ रोकिन नदिन उनीहरू पुगेको स्थानमै शिक्षा उपलब्ध गराउने अवधारणाले मौसमी शिक्षालाई व्यवहारिक र प्रभावकारी माध्यमका रूपमा स्थापित गरेको छ ।

इँटाभट्टाको मौसम यसको एउटा महत्वपूर्ण उदाहरण हो । इँटा उद्योगमा काम गर्न विभिन्न स्थानबाट श्रमिक परिवारहरू आउने गर्छन् । उनीहरूसँगै आउने बालबालिकाले आफ्नो स्थायी ठाउँको विद्यालय निरन्तरता दिन नसक्ने अवस्था सिर्जना हुन्छ । यस्तो अवस्थामा इँटाभट्टा वा श्रमिक बस्ती आसपास सञ्चालन गरिने मौसमी कक्षाले बालबालिकालाई पढाइ, लेखाइ, गणित तथा जीवनोपयोगी सीपसँग जोडिराख्न महत्वपूर्ण भूमिका खेल्छ । यसले उनीहरूलाई पछि नियमित विद्यालयमा फर्कनसमेत सहज बनाउँछ । कोपिला नेपाले यस्ता बालबालिकाको वास्तविक आवश्यकता पहिचान गरी मौसमी शिक्षालाई शिक्षा निरन्तरताको माध्यमका रूपमा अघि बढाउँदै आएको छ। बालबालिकाको सिकाइमा मात्र होइन, अभिभावकलाई शिक्षाको महत्व’bout सचेत गराउने, बालश्रमको जोखिम कम गर्ने र बालबालिकालाई सुरक्षित तथा सम्मानजनक वातावरणमा हुर्कन सहयोग गर्ने दिशामा पनि संस्थाका प्रयासहरू महत्वपूर्ण छन्।

कोपिला नेपाको कार्यमा शिक्षा मात्र केन्द्रमा छैन । बालबालिकाको समग्र संरक्षण, परिवारको सामाजिक–आर्थिक अवस्थाप्रति संवेदनशीलता र समुदायको सशक्तीकरणलाई समेत जोड दिइएको देखिन्छ । समुदायका आवश्यकताअनुसार महिलाका लागि सीप तथा आयआर्जनसम्बन्धी गतिविधि, स्वास्थ्य तथा सरसफाइसम्बन्धी सचेतना र बालबालिकाका लागि सहयोगात्मक कार्यक्रम सञ्चालन गर्नुले संस्थाको कामलाई अझ व्यापक बनाएको छ। आप्रवासी बालबालिकाको शिक्षा सुनिश्चित गर्ने अभियान कुनै एक संस्था वा समुदायको मात्र जिम्मेवारी होइन । यसका लागि स्थानीय सरकार, विद्यालय, अभिभावक, श्रमिक परिवार, निजी क्षेत्र, नागरिक समाज र सम्बन्धित सरकारी निकायबीच प्रभावकारी सहकार्य आवश्यक छ ।

कोपिला नेपाजस्ता संस्थाले समुदायमा रहेर पहिचान गरेका समस्या र विकास गरेका अभ्यासलाई राज्यको शिक्षा प्रणालीसँग जोड्न सकियो भने मौसमी तथा आप्रवासी बालबालिकाको शिक्षा अझ दिगो र प्रभावकारी बनाउन सकिन्छ । तर मौसमी कक्षा सञ्चालन गर्नु मात्र पर्याप्त हुँदैन। बालबालिकाको अभिलेख व्यवस्थित राख्ने, उनीहरूको सिकाइ स्तर पहिचान गर्ने, स्थायी विद्यालयसँग समन्वय गर्ने, आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउने र बसाइँसराइपछि पुनः नियमित विद्यालयमा जोड्ने प्रणाली पनि आवश्यक हुन्छ। यस दिशामा कोपिला नेपाले गर्दै आएका प्रयासलाई अझ संस्थागत र दिगो बनाउन सबै पक्षको सहकार्य अपरिहार्य छ।

आजको आवश्यकता भनेको आप्रवासी बालबालिकालाई “विद्यालयबाहिरका बालबालिका” भनेर हेर्नु होइन । परिस्थितिका कारण विद्यालयसम्म पुग्न नसकेका अधिकारसम्पन्न बालबालिकाका रूपमा बुझ्नु हो । उनीहरू जहाँ पुगे पनि शिक्षा पाउने अवसर पाउनुपर्छ । अभिभावकको रोजगारीका कारण बालबालिकाको भविष्य रोक्नु हुँदैन। बसाइँसराइले बालबालिकाको विद्यालय नछुटाओस्, श्रमले उनीहरूको बाल्यकाल नखोसोस् र गरिबीले उनीहरूको भविष्य नरोकोस् । कोपिला नेपाजस्ता संस्थाको पहल राज्यको जिम्मेवारी र समाजको सहकार्यबाट प्रत्येक आप्रवासी बालबालिकाले शिक्षा पाउने अधिकार सुनिश्चित होस् ।

नेपाली बालबालिकाको शिक्षा प्राप्त गर्ने संवैधानिक एवम् मौलिक हकको कार्यान्वयन गरी आप्रवासी बालबालिकाको शिक्षाका जागुरक बनाउन तथा पैरवी गर्ने कार्यका लागि सरकार तथा गैरसरकारी सरकारबीच सहकार्य गर्ने सोच पनि बनाएको छ ।

यसरी विद्यालय शिक्षासँग बालबालिकालाई जोडेर उज्ज्वल भविष्य बनाउँदै नविनतम समाज निर्माण गराउन सकिन्छ । संविधानको पालना सँगसँगै व्यवहारिकतालाई पनि प्राथमिकता दिन जरुरी छ । शिक्षा नियमावलीमा घुम्ती विद्यालय ’bout उल्लेख गरेता पनि मौसमी विद्यालय ’bout व्यवस्था गरेको पाइँदैन । विकट हिमाली क्षेत्रमा मौसम वा अन्य यस्तै कारणले विद्यालय सञ्चालन हुन नसकेमा घुम्ती विद्यालय खोल्न सक्ने व्यवस्था गरिएको छ तर आप्रवासी मौसमी विद्यालय ’bout स्पष्ट कानुन छैन । पछिल्लो समय संघीय विद्यालय शिक्षा ऐन २०८३ बनाउन देशैभरि सरोकारवाला बीच छलफल चलिरहेको छ । यस्तो अवस्थामा अब बन्ने संघीय शिक्षा ऐनले इट्टाभट्टा लगायत यस्तै अवस्थामा काम गर्ने अभिभावकका छोराछोरीको ’boutमा पनि स्पष्ट कुरासफाचट गर्नुपर्ने देखिन्छ ।
ललितपुर

तपाइको प्रतिक्रिया
(Visited 13 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोशी बाढी : ९८७ को शव फेला, ३ हजार ९१६ जना सम्पर्कविहीन