गुल्मी । तपाई सुन्तला कहिले खानुहुन्छ ? सामान्यतया कात्तिकको अन्तिमदेखि मंसिर र पौषसम्म । बढी नै रहेभने माघको पहिलो सातासम्म । तर गुल्मीमा भदौ महिनामा नै सुन्तला बिक्री भइरहेको छ भन्ने सुन्दा तपाइलाई अचम्म लाग्न सक्छ । तर अब अचम्म मान्नुपर्दैन । ’cause गुल्मीको धुर्केट गाउँपालिकामा उत्पादन भएका सुन्तला बजारमा बिक्रीको लागि राखिएको छ । सुन्तला स्थानीय बजारका साथै तम्घास, सन्धिखर्क, बुटबल लगायतका ठाउँबाट बिक्री भइरहेको छ ।
गाउँपालिकाको वडा नम्बर २ पिपलधारा बराजामा उत्पादन भएको अन्सु जातको सुन्तला बिक्रीको लागि बजारमा पु¥याइएको छ । ‘अहिलेसम्म चारजना कृषकले २० क्विन्टल सुन्तला दुई लाख ६० हजारमा बिक्री गरिसकिएको छ ।’ कृषक कृष्ण केसीले भने, ‘मूल्य औषत १३० रुपैँया प्रतिकिलो रहेको छ ।’ बुटबलसम्मको ढुुवानी खर्च गाउँपालिकाले व्यहोरेको केसीले बताए । पिपलधाराका कृषकहरुले चार बर्षपहिले काठमाडौंबाट बिरुवा ल्याएर सुन्तलाको चक्लाबन्दी खेती गरेका थिए । उनले समय–समयमा प्राविधिक सहयोग र सिँचाइको व्यवस्था भए सुन्तलाको उत्पादन बढाउन सकिने बताए ।
धुर्कोटमा नयाँगाउँ र पिपलधारा सुन्तला उत्पादन हुने प्रमुख क्षेत्र मानिन्छन् । अहिले त्यहाँ चक्लाबन्दीमा सुन्तला खेती गरिएको छ । गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले करिब पाँच बर्ष पहिलेदेखिको योजनाको परिणाम आउन थालेको बताए । ‘भदौमा नै सुन्तला बजारमा आउने बिषय धेरैलाई विश्वास थिएन ।’ अध्यक्ष पोखरेलले भने, ‘बेमौसममा पनि उत्पादन हुने जातको बिरुवा लगाउन किसानलाई प्रोत्साहन गरेका थियौँ ।’ अध्यक्ष पोखरेलले सुन्तला लगायत अन्य कृषिजन्य उत्पादनको पनि निःशुल्क रुपमा बुटबबलसम्म ढुवानी गरिदिने बताए ।
सम्बन्धित समाचार
कृषि उत्पादन वृद्धि गर्न विभिन्न बालीका उन्नत जात विकास
सुदूरपश्चिमका बहुवर्षीय ठेक्काको अवस्था अध्ययन गर्न समिति गठन
लुम्बिनीका तीन नवनियुक्त मन्त्रीले लिए सपथ
भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग
जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजद्वारा प्रधानमन्त्री राहत कोषमा ३ करोड सहयोग
बाढीपीडितको सहयोगका लागि मेडिकेयर हस्पिटलद्वारा ११ लाख ११ हजार रुपैयाँ सहयोग
बाढी प्रभावित ३ लाखभन्दा बढी ग्राहकले पाए एनसेलको निःशुल्क सेवा
आजको विनिमयदर : अमेरिकी डलरको बिक्रीदर १५२ रुपैयाँ २३ पैसा हुँदा अरु देशको मुद्राको कति ?





