एसिसी प्रिमियर कपः नेपाललाई साउदी अरेबियाविरुद्ध फिल्डिङको निम्तो

BANGI, MALAYSIA - AUG 31: Pictures from the match between Bahrain and Nepal held at the YSD UKM Oval on August 31, 2026 in Bangi, Selangor, Malaysia. (Photo by Peter Lim/PhotoDesk.com.my) for Asian Cricket Council

काठमाडौं । मलेसियामा जारी तेस्रो संस्करणको एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत साउदी अरेबियाविरुद्ध नेपालले ‘टस’ हारेर ‘फिल्डिङ’को निम्तो पाएको छ ।

नेपाल र साउदी अरेबियाबीचको प्रतिस्पर्धा क्लालालम्पुरस्थित वायुमास ओभलको मैदानमा भइरहेको हो । नेपाल आज पनि आफ्नो जित यात्रा जारी राख्न चाहन्छ ।

नेपालले पहिलो र दोस्रो खेलमा क्रमशः बहराइनलाई सात विकेट र आयोजक मलेसियालाई छ विकेटले हराएको थियो ।

नेपाली टोलीसामु आज जित निकालेर एक खेलअगावै सेमिफाइनलमा स्थान बनाउने मौका छ । समूह ‘ए’ मा रहेको नेपाल ताजा अवस्थामा दुई खेलबाट चार अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । नेपालविरुद्ध खेल्ने साउदी अरेबिया भने तीन खेलबाट दुई अङ्कसहित तालिकाको पुछारमा छ ।

दुई टोलीबीचको इतिहास

हालसम्म नेपाल र साउदी अरेबियाबीच दुई एकदिवसीय खेलमा भेट भएको छ । जसमा नेपालले एक खेल जितेको छ । यी दुई टोलीबीचको एउटा खेल भने वर्षाका कारण रद्द भएको विगत छ ।

नेपाल र साउदीले पहिलोपटक सन् २०१२ मा एकदिवसीय प्रतियोगितामा एकअर्काको सामना गरेका थिए । युएईमा भएको त्यस खेलमा नेपालले साउदी अरेबियालाई नौ विकेटले हराएको थियो ।

सन् २०२३ को एसिसी प्रिमियर कपमा भने नेपाल र साउदीबीचको खेल वर्षाका कारण रद्द भएको थियो ।

नेपालले आजको खेलमा प्लेइङ–११ मा एक खेलाडी मात्र परिवर्तन गरेको छ । नेपालले साउदीविरुद्ध तीव्र गतिका बलर हेमन्त धामीलाई विश्राम दिएर स्पिनर शेर मल्ललाई मौका दिएको हो ।

आजको खेलमा नेपालको प्लेइङ–११ मा आसिफ शेख, अर्जुन कुमाल, देव खनाल, इशान पाण्डे, रोहितकुमार पौडेल, दीपेन्द्र सिंह ऐरी, गुलशनकुमार झा, करण केसी, सन्दीप लामिछाने ९कप्तान०, ललितनारायण राजवंशी र शेर मल्ल रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 4 times, 1 visits today)

epaper

ताजा समाचार

युवतीमाथि दुर्व्यवहारका आरोपी युवा पक्राउ