बहराइनले दियो नेपाललाई ८८ रनको सामान्य लक्ष्य

काठमाडौं । कप्तान सन्दीप लामिछानेसहित नेपाली बलर चम्किएपछि एसिसी प्रिमियर कपको आफ्नो पहिलो खेलमा बहराइनले मात्र ८८ रनको लक्ष्य दिएको छ । सोमबार मलेसियाको बांगीमा टस हारेर ब्याटिङ गरेको बहराइनले ३६.२ ओभरमा अलआउट हुँदा ८७ रन मात्र बनाउन सफल भयो ।

बहराइनको लागि फिआज अहमेदले १५ बलमा सर्वाधिक १५ रन बनाए । मुहम्मद वासिमले १३ रन जोडे । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपाला लागि कप्तान सन्दीपले १० ओभरमा चार मेडनसहित पाँच विकेट लिएर १४ रन खर्चिए । अर्का स्पिनर ललितनारायण राजवंशीले ६.२ ओभरमा एक मेडनसहित २० रन खर्चिएर तीन विकेट लिए । करण केसीले दुई विकेट हात पार्दा दीपेन्द्रसिंह ऐरी, हेमन्त धामी र गुल्सनकुमार झा भने विकेटविहीन भएका छन् ।

नेपाल प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनामा छ । बहराइनको पनि यो पहिलो खेल हो ।

तपाइको प्रतिक्रिया
(Visited 19 times, 1 visits today)

epaper

ताजा समाचार

खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल