किएभ । युक्रेन युद्ध अन्त्य गर्ने प्रयासस्वरूप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेषदूत स्टिभ विटकफ र जारेड कुशनरले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग ‘ठोस योजनाहरू’’bout छलफल गरेका छन् ।
मस्कोमा शनिबार भएको तीन घण्टाभन्दा लामो वार्तापछि क्रेमलिनका वरिष्ठ अधिकारी युरी उशाकोभले छलफल ‘अत्यन्त स्पष्ट’ र रचनात्मक भएको बताएका छन् । उनका अनुसार अमेरिकी पक्षले युद्ध अन्त्य गर्ने सम्भावित उपाय’bout विभिन्न प्रस्ताव अघि सारेको थियो । तर, तत्काल कुनै ठोस सहमति वा सफलता घोषणा गरिएको छैन ।
ट्रम्पले यसअघि आफ्ना दूतहरू युक्रेन युद्ध अन्त्य गर्ने प्रस्ताव लिएर मस्को र किएभ जान लागेको बताएका थिए । उनले ‘शान्तिका लागि एउटा योजना’ रहेको बताए पनि त्यसको विस्तृत विवरण सार्वजनिक गरेका छैनन् ।
पुटिनसँगको भेटपछि विटकफ र कुशनर आइतबार युक्रेनको राजधानी किएभतर्फ प्रस्थान गरेका छन् । उनीहरूले त्यहाँ राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग युद्ध अन्त्य गर्ने सम्भावित उपाय’bout छलफल गर्ने अपेक्षा गरिएको छ ।
यो विटकफ र कुशनरको युद्ध सुरु भएयता पहिलो किएभ भ्रमण हो । उनीहरूले यसअघि मस्कोमा पटक–पटक रुसी अधिकारीसँग वार्ता गर्दै आएका छन् ।
क्रेमलिनका अनुसार पुटिनले वार्ताका क्रममा रुसको सैन्य अवस्था’bout आफ्नो धारणा प्रस्तुत गर्दै पूर्वी युक्रेनमा बाँकी भू–भाग कब्जा गर्ने लक्ष्यबाट पछि नहट्ने संकेत दिएका छन् । यसले वार्तामा रुस र युक्रेनबीचको मुख्य मतभेद अझै कायमै रहेको देखाएको छ ।
अमेरिकी दूतहरूको वार्ताका लागि वातावरण सहज बनाउन रुस र युक्रेनले आफ्ना राजधानीमा तीन दिनसम्म आक्रमण नगर्ने प्रतिबद्धता जनाएका छन् ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभका अनुसार पुटिनले किभमा तीन दिनसम्म आक्रमण नगर्न रुसी सेनालाई आदेश दिएका छन् । जेलेन्स्कीले पनि युक्रेनले मस्कोमाथि आक्रमण नगर्ने बताएका छन् ।
तर, सीमित आक्रमणविरामका बीच पनि युक्रेनका विभिन्न क्षेत्रमा रुसी आक्रमण जारी रहेको र त्यसबाट सर्वसाधारणको मृत्यु भएको युक्रेनी पक्षले जनाएको छ ।
रुसले पूर्वी र दक्षिणी युक्रेनको ठूलो भू–भाग कब्जा गरेको छ र आफ्नो सैन्य लक्ष्य पूरा गर्ने अडान दोहो¥याउँदै आएको छ । अर्कोतर्फ, युक्रेनले आफ्नो भू–भाग त्याग्ने कुनै पनि सम्झौता स्वीकार नगर्ने अडान राख्दै आएको छ ।
यही कारण अमेरिकी मध्यस्थतामा वार्ता पुनः सुरु गर्ने प्रयास भए पनि तत्काल युद्धविराम वा शान्ति सम्झौता हुने अवस्था अझै स्पष्ट छैन ।
अमेरिकी दूतहरूको किएभ भ्रमणलाई भने वासिङ्टनको शान्ति प्रयासलाई पुनः गति दिने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
सम्बन्धित समाचार
युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै
यी हुन्- विश्वका सबैभन्दा ५ मोटा नेता
नेपालतर्फको हिमनदी भत्किँदा विपत्ति आएको होः चिनियाँ विदेश मन्त्रालय
अमेरिकी आक्रमणपछि इरान रणनीति : ‘कुचल्ने र चकनाचुर पार्ने’
तापक्रम वृद्धि : १.५ डिग्री लक्ष्य जोगाउन नयाँ रणनीतिमा जोड
चिनियाँ एजेन्ट बने अमेरिकी पत्रकार, अमेरिकी अदालतले सुनायो जेल सजाय
इरानमाथि दबाब बढाउँदै अमेरिका र युरोपेली राष्ट्र
रूस-युक्रेन युद्धविराम प्रयास: ट्रम्पका दुई प्रतिनिधि मस्कोमा






