सुन्दरहरैंचा (मोरङ) । बाढीपहिरोबाट प्रभावित नागरिकको सहयोगका लागि प्याबसन सुन्दरहरैंचामा आबद्ध निजी तथा आवासीय विद्यालयहरूले १५ लाख ७० हजार ३१९ रुपैयाँ राहत रकम संकलन गरेका छन्।
नुवाकोट, रसुवा र धादिङलगायत जिल्लामा आएको विपद्बाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले नगर प्याबसन सुन्दरहरैंचाले आफ्ना सदस्य विद्यालयहरूबाट उक्त रकम संकलन गरेको हो। संकलित रु. १५,७०,३१९ प्याबसन राहत कोषमा जम्मा गरिएको नगर प्याबसनले जनाएको छ।
प्याबसनका केन्द्रीय उपाध्यक्ष टिकाराम ढकालका अनुसार देशभर प्याबसनमा आबद्ध विद्यालयहरूबाट राहत रकम संकलन गरी १० करोड रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने लक्ष्य राखिएको छ।
विपद्को समयमा निजी विद्यालय क्षेत्र पनि सामाजिक उत्तरदायित्वका साथ पीडित नागरिकको साथमा उभिनुपर्ने भएकाले विद्यालयहरूबाट स्वेच्छिक रूपमा सहयोग संकलन गरिएको उनले बताए।
सुन्दरहरैंचा प्याबसनका अध्यक्ष दीपक क्षेत्रीले विपद्मा परेका नागरिकलाई सहयोग गर्नु सबैको सामाजिक दायित्व भएको बताए। विद्यालयहरूले आफ्नो क्षमता र सामर्थ्यअनुसार गरेको योगदानले विपद् प्रभावित परिवारलाई राहत पुग्ने विश्वास व्यक्त गरे।
त्यस्तै, नगर प्याबसन सुन्दरहरैंचाका सचिव सूर्य दङ्गालले नगरभित्र प्याबसनमा आबद्ध विद्यालयहरूबाट संकलित १५ लाख ७० हजार ३१९ रुपैयाँ प्याबसन राहत कोषमा जम्मा भइसकेको जानकारी दिए। उनले विपद्का बेला विद्यालय, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको सहयोग र सहभागिता पनि उत्तिकै महत्वपूर्ण रहेको बताए।
प्याबसन सुन्दरहरैंचाले सार्वजनिक गरेको विवरणअनुसार बालसदन एकेडेमी, ब्राइट फ्युचर सेकेन्डरी स्कुल, स्कलर्स होम स्कुल, हरैंचा मोडेल सेकेन्डरी स्कुल, इन्द्रपुर नमुना सेकेन्डरी स्कुल, सिद्धार्थ सेकेन्डरी स्कुल, क्वेस्ट सेकेन्डरी स्कुल, टेन्डर फिट इङ्लिस स्कुल, सगरमाथा हिमाल दर्शन स्कुल, लिटल पाथिभरा किड्स स्कुल, बालज्योति नमुना इङ्लिस स्कुल, जुपिटर इङ्लिस स्कुल, प्रभात किरण स्कुल रहेका छन्।
यस्तै,सामुदायिक सरस्वती स्कुल, माउन्ट मकालु सेकेन्डरी स्कुल, ज्ञान ज्योति इङ्लिस स्कुल, बाल प्रतिभा सेकेन्डरी स्कुल, सफल विद्यार्थी एकेडेमी, ओरिजिन इङ्लिस स्कुल, नरसिंह मेमोरियल स्कुल, सुविजिमुर मेमोरियल स्कुल, पूर्वाञ्चल एकेडेमी, लाइटिङ ग्लोबल एकेडेमी, लभ्ली एन्जल्स स्कुल र द राइजिङ इङ्लिस स्कुललगायत २५ विद्यालयले राहत कोषमा योगदान गरेका छन्।
प्याबसन सुन्दरहरैंचाले संकलित रकम सम्बन्धित राहत कोषमार्फत विपद् प्रभावित नागरिकसम्म पुर्याइने जनाएको छ। यस अभियानले निजी विद्यालयहरू केवल शैक्षिक संस्था मात्र नभई विपद्, संकट र कठिन परिस्थितिमा समुदायसँगै उभिने जिम्मेवार सामाजिक संस्थाका रूपमा पनि आफ्नो भूमिका प्रस्तुत गरेको प्याबसन पदाधिकारीहरूको भनाइ छ।
सम्बन्धित समाचार
भोटेकोशीको बाढीमा परी उदयपुरका १२ जना सम्पर्क विहीन
प्रेस युनियन झापाको अधिवेशनमा ३ पत्रकार सम्मानित
सालपा पोखरी मेलामा कुटपिटवाट शिक्षकको हत्या, ११ जना पक्राउ
मोरङ कारागारमा कैदीबन्दीको प्रदर्शन, सिडिओ र एसपीविरुद्ध नाराबाजी
उदयपुरमा १ हजार १ सय २२ केजी भन्दा बढी गाँजासहित ३ पक्राउ
भोटेकोशी बाढीपीडितलाई राप्रपा खोटाङद्वारा प्रशासनमार्फत राहत रकम
संखुवासभामा गोली हानी शिक्षकको हत्या
ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई






