ललितपुर । रसुवा–भोटेकोशी विपद् प्रभावित नागरिकलाई मनोसामाजिक परामर्श उपलब्ध गराउन नेपाली कांग्रेसले जनशक्ति तयार गरेको छ ।
कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा मनोसामाजिक परामर्शसम्बन्धी सम्पन्न प्रशिक्षणमा विभिन्न क्षेत्रका ४६ जना सहभागी रहेको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
उनीहरुले विपद्बाट विस्थापित परिवार रहेका आश्रयस्थलमा पुगेर प्रभावित नागरिकलाई मनोसामाजिक परामर्श उपलब्ध गराउने कार्यवाहक मुख्यसचिव दुलालले जानकारी दिए ।
प्रशिक्षणका क्रममा बाढी प्रभावित नागरिकले भोगिरहेका विभिन्न मानसिक तनाव तथा समस्या’bout छलफल गरिएको थियो । त्यस अवसरमा सहभागीले बालबालिका, गर्भवती, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिक प्राकृतिक विपत्तिका कारण मानसिक रूपमा बढी प्रभावित र जोखिममा रहेको बताएका थिए ।
प्रशिक्षणमा डा प्रभाकर पोखरेल, डा रविन बस्नेत तथा मनोविद् कपिल शर्मा, गृष्मा पनेरु र प्रकाश लामिछानेले सहजीकरण गरेका थिए ।
कांग्रेसले विपद्पीडित नागरिकलाई तत्काल राहतसँगै मानसिक तथा मनोसामाजिक सहयोग पनि आवश्यक रहेको भन्दै प्रशिक्षित जनशक्तिलाई प्रभावित क्षेत्र र आश्रयस्थलमा परिचालन गर्ने यसअघि नै जनाएको थियो ।
सम्बन्धित समाचार
उद्धारका लागि राज्यको सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह
प्रभावित क्षेत्रमा पुनर्निर्माणको महाअभियान चलाउँछौँः अर्थमन्त्री वाग्ले
चिनियाँ प्रधानमन्त्री ली छियाङ तिब्बतको सीमावर्ती क्षेत्र केरुङ आइपुगे
सांसद आशिका तामाङ र वडाध्यक्षबीच किन भयो भनाभन ?
प्रधानमन्त्री शाह सुरक्षा प्रमुखसँग ‘ब्रिफिङ’ लिँदै
बाढी प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल
कांग्रेसको वडा अधिवेशन कार्यतालिका परिवर्तन
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट






