मध्यराति प्रेमिका भेट्न पुगेका युवकलाई गाउँलेले समातेर मन्दिरमा विवाह गराए

रौतहट । प्रेमिकालाई भेट्न आधा राति उनको घर पुगेका एक युवकलाई गाउँलेले नियन्त्रणमा लिँदै बिहान मन्दिरमा विवाह गराएका छन् ।

भारतको बिहार पश्चिमी चम्पारण जिल्लास्थित श्रीरामपुर निवासी विजय फौजदार आफ्नी प्रेमिका सुमन कुमारीलाई भेट्न भितिहरवा गाउँ पुगेका थिए । उनी राति प्रेमिकाको घर आसपास पुगेको जानकारी पाएपछि स्थानीयले उनलाई नियन्त्रणमा लिएका थिए ।

घटनापछि गाउँमा मानिसहरूको भीड जम्मा भएको थियो । स्थानीयले दुवै पक्षका परिवारलाई खबर गरेपछि राति करिब १ बजेदेखि छलफल सुरु भएको थियो ।

छलफलका क्रममा युवा–युवतीले आफूहरूबीच दुई वर्षदेखि प्रेम सम्बन्ध रहेको र आफ्नो इच्छाअनुसार विवाह गर्न चाहेको बताएका थिए । उनीहरूको भनाइपछि दुवै पक्षका परिवारसमेत विवाहका लागि सहमत भएका थिए ।

राति १ बजेदेखि सुरु भएको छलफल तथा सहमतिको प्रयास बिहान करिब ५ बजेसम्म चलेको थियो । त्यसपछि गाउँले तथा दुवै पक्षका परिवारको सहमतिमा विजय र सुमनलाई भितिहरवा मन्दिर लगेर विवाह गराइएको हो ।

भितिहरवा पञ्चायतका सचिव नन्दकिशोर चौरसियाले घटना’bout जानकारी पाएपछि आफू पनि घटनास्थलमा पुगेको बताए । उनले दुवै पक्षसँग कुराकानी गर्दा युवा–युवतीले आफ्नो इच्छाले विवाह गर्न चाहेको बताएपछि परिवारको सहमतिमा मन्दिरमा विवाह गराइएको जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 90 times, 1 visits today)

epaper

ताजा समाचार

१२ संघीय अस्पतालमा कम्तीमा ५० शव अट्ने शवगृह बनाउन नीतिगत निर्णय