सदस्यता नवीकरण गरेकालाई महाधिवेशनमा सहभागी गराउन शाहीको माग

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले क्रियाशील सदस्यता नवीकरण गरिसकेका सबै सदस्यलाई स्वतः अद्यावधिक गरी पार्टीको १५औँ महाधिवेशनमा सहभागी हुने व्यवस्था गर्न माग गरेका छन्।

शाहीले नवीकरण भइसकेका क्रियाशील सदस्यताको पुनः अद्यावधिकका नाममा खारेज गर्ने निर्णय पार्टी हितविपरीत हुने बताउँदै आएका छन्। उनका अनुसार यस्तो निर्णयले पार्टीमा लामो समयदेखि योगदान दिएका नेता–कार्यकर्तामाथि अन्याय हुनुका साथै समग्र कांग्रेसलाई कमजोर बनाउने अवस्था सिर्जना गर्छ।

उनले विगतदेखि नै नवीकरण गरिसकेका सदस्यतालाई मान्यता दिई सबैलाई महाधिवेशनमा सहभागी गराउनुपर्ने आफ्नो पक्ष रहेको उल्लेख गरेका छन्। पार्टीभित्र देखिएको मनमुटाव र गहिरिँदो विभाजनका बीच अद्यावधिकसम्बन्धी निर्णय खारेज गर्ने पछिल्लो कदमलाई भने उनले सकारात्मक रूपमा लिएका छन्।

‘ढिलै भए पनि गल्ती स्वीकारेर अद्यावधिक गर्नैपर्ने निर्णय खारेज गर्नु सकारात्मक कदम हो,’ शाहीले भनेका छन्।

शाहीले अब बाँकी रहेका असहमतिका विषयमा समेत सबै पक्षले घमण्ड र अहंकार त्यागेर लचकता अपनाउनुपर्नेमा जोड दिएका छन्। पार्टी एकतालाई प्राथमिकतामा राख्दै गम्भीर पहल गर्न र १५औँ महाधिवेशनमा सबै पक्षको सहभागिता तथा निष्पक्षता सुनिश्चित गर्न उनले नेतृत्वसँग आग्रह गरेका छन्।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

सदस्यता नवीकरण गरेकालाई महाधिवेशनमा सहभागी गराउन शाहीको माग