जनकपुरधाम । मंगलबार राति १० बजे प्रदेश २ का मन्त्री, प्रशासनिक अधिकारी, क्लोथ बैंकका अधिकारीहरुको एकटोली जनकपुरधामको राम मन्दिरमा जम्मा भए । सबैको हाथमा टर्च लाइट र कम्बल थियो । सडकपेटीमा सुतीरहेकाहरुलाई ’emले विना जानकारी दिई कम्बल ओढाइ दिए । जाडोको बेला फुटफाटमा खुला आकाश मुनि रात बिताउन बाध्य गरिबहरुको अवस्था हेर्न जनकपुरधाममा यी व्यक्तिहरु रातिभरी घुमेका छन् ।
सडकमा राति बिताउनेहरुको अवस्था ज्यादै चिन्ताजनक रहेको प्रदेश २ का समाजिक विकास मन्त्री नवलकिशोर साहले बताए । राहतहरु जुन ठाउँ पुग्नुपर्ने त्यो पुगीरहेको छैन जस्तो भान भयो उनले बताए । गत एक दई तीनदिनदेखि धनुषा जिल्लाको विभिन्न स्थानमा कम्बल र जाडोको कपडा वितरण गरिएपनि सडकपेटीमा सुत्नेहरु जाडोमै राति गुजार्ने बाध्य देखिएका छन् । कुनै राहत आउँदा सीधै गाउ हाल्ने गरेको थियो तर सडकको पेट्टीमा रात गुजार्नेहरुको विषयमा कसैले सोच्दैनन् ।
धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल, क्लोथ बैंक धनुषाका अध्यक्ष राजीव झा, राजपा नेपालका केन्द्रिय सदस्य मनोज चौधरी, प्रदेश अस्पताल जनकपुरधामका अध्यक्ष संजय सिंह, धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्की, सशस्त्र प्रहरीका निरीक्षक प्रकाश भट्ट, जनकपुर युथ क्लबको पूर्व अध्यक्ष मनिष झा श्रीओमको टोलीले रातीभरी जनकपुरधामको हरेक सडकमा घुमेका थिए । दर्जनो कम्बल हामीले रातीभरी वितरण गरेको क्लोथ बैंक धनुषाका अध्यक्ष राजीव झाले बताए ।
सबैभन्दा बढी जानकी मन्दिर, राम मन्दिर, गंगासागर नजिक जाडोबाट पीडितहरु फेला परेका छन । धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी सरदकुमार पोखरेलले जाडोका बेला यस्तै व्यक्तिहरुको अकालमा मृत्यु हुनेगरेको बताए । जाडोबाट प्रत्येक वर्ष धनुषा, महोत्तरी, सिरहा सप्तरी लगायत प्रदेश २ मा दर्जनो व्यक्तिको अकालमा मृत्यु हुने गरेको छ । विरामी पर्नेको संख्या पनि हजारमा हुने गरेको छ । तातो लुगा, कम्बल आदिको व्यवस्था गर्दा मृत्युलाई रोक्न सकिने जानकारहरु बताउँछन् ।
यस्ता व्यक्तिहरुलाई बचाउन हामी निरन्तर अभियान चलाउने छु क्लोथ बैंकका अध्यक्ष झाले बताए । कति व्यक्तिलाई कम्बल ओढाउदा आश्चर्यले ओढाउनेतिर देखिरहेका थिए । छोराबुहारीसँग झगडा भएपछि जानकी मन्दिरको सन्त निवास नजिक बसिरहेका तेतीया देवी भन्ने महिला जाडोले काम्दै थिइन । ११ बजेदेखि विहान ८ बजेसम्म मृत्युकै मुखमा हुने गरेको बताउँदै उनले जानकी माताले आफनो लागि कम्बल पठाएको भनिन् । कम्बल पाएपछि उनी ज्यादै प्रसन्न थिइन् । कति व्यक्ति जसलाई कम्बल दिइयो मानसिक रुपले विक्षिप्त जस्तापनि थिए तरपनि कम्बल पाउनै बित्तिकै कसेर समाए ।
यो अभियान जुन राती बढीजाडो हुन्छ त्यो राती जनकपुरधाममा अझै चलाइने छ क्लोथ बैंक धनुषाका अध्यक्ष झाले बताए । उनले त्यसपछि रातिमै ग्रमीण क्षेत्रमै यसप्रकारको राहत वितरण गरिने उनले थपे ।