‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ वरसाइनस्थित स्वास्थ्यचौकीमा प्रसूति गृह ९बर्थिङ सेन्टर० बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन् ।

चौबीसै घण्टा ‘प्रसूति सेवा’ उपलब्ध गराउने उद्देश्यले भवन निर्माण गरी विसं २०७९ चैत १५ मा ‘बर्थिङ सेन्टर’ शुभारम्भ गरिएको थियो । पछिल्ला दिनमा दक्ष जनशक्ति, आवश्यक उपकरण र आर्थिक अभावका कारण ‘बर्थिङ सेन्टर’ अलपत्रमा परेको स्थानीयवासी सुनिता यादवले बताइन् ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको स्वीकृत बजेटबाट स्वास्थ्यचौकीमा ‘बर्थिङ सेन्टर’ तयार गरिएको थियो । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख शैलेश झाले लौनियामा र तोपामा बर्थिङ सेन्टर सञ्चालन रहेको जानकारी दिँदै वरसाइनमा पनि सञ्चालन गरिने नीति रहेको जानकारी दिए ।

वरसाइनस्थित स्वास्थ्यचौकीका प्रमुख मनोज देवले वरसाइन स्वास्थ्यचौकीको ‘बर्थिङ सेन्टर’मा चार वर्षका अवधिमा एक जनाले मात्र सेवा लिएको जानकारी दिए । स्थानीयवासी सीता मण्डलले गाउँमै रहेको ‘बर्थिङ सेन्टर’ सञ्चालन नहुँदा स्वास्थ्य सेवा र प्रसूति सेवाका लागि बाहिर जानुपर्ने बाध्यता रहेको गुनासो गरिन् । गाउँपालिका अध्यक्ष अरुणकुमार मण्डलले विसं २०७९ चैत १५ गते ‘बर्थिङ सेन्टर’को शुभारम्भ गरेका थिए । तिलाठी कोइलाडी –ं ५ का वडाध्यक्ष ललनप्रसाद राउतले कर्मचारीको अभावले ‘बर्थिङ सेन्टर’ बन्द भएको जानकारी दिए ।

अहिले यस ‘बर्थिङ सेन्टर’ मा चार जना कर्मचारी र एक कार्यालय सहयोगी सेवारत छन् । तत्कालीन समयमा वडा कार्यालयको बजेटबाट ‘बर्थिङ सेन्टर’ सञ्चालन गर्ने प्रतिबद्वता गरिएको थियो । पालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार कर्णले दक्ष जनशक्ति अभावमा बर्थिङ सेन्टर सञ्चालनमा समस्या भएको जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 16 times, 1 visits today)

epaper

ताजा समाचार

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार