उदयपुरका सबै स्थानीय तहमा गैंडा सिमेन्ट प्रयोग गरिने

उदयपुर । उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) को उत्पादन गैंडा सिमेन्टको बजार निजी सिमेन्ट कम्पनीको अस्वस्थ प्रतिस्पर्धाले बजार खुम्चँदै गएको महसुश गर्दै मूल्य समायोजन गरेसँगै बिक्री बढेको छ । गुणस्तर ’bout जानकारी नपाउने ग्राहकलाई बग्रेल्ती निजी सिमेन्ट उद्योगले सस्तोको आकर्षण दिँदै बजार कब्जा गर्न खोजेपछि उसिउलिले ग्राहकको मनोविज्ञान बुझेर मूल्य समायोजन गरेपछि बिक्री बढेको हो ।

मूल्य समायोजनले पूर्ण सरकारी स्वामित्वको उसिउलिको उत्पादन गैंडाको बिक्री ह्वात्तै बढेको उद्योगको बिक्रि बिभाग प्रमुख रामबहादुर जिसीले जनाएको छ । गैंडाको मूल्य पछिल्लो पटक समायोजन गर्दै प्रतिबोरा सात सय १८ रुपैयाँ छ । ग्राहक सस्तो सिमेन्ट खोज्ने र निजी सिमेन्ट उद्योगले अस्वस्थ प्रतिस्पर्धा गर्दै सस्तोमा बिक्री गरि रहेकाले बजार सुरक्षाकै लागि गैंडाको मूल्य समायोजन गरेर बिक्री बढाउने रणनीति लिइएको उद्योगमा महाप्रबन्धक (जिएम) नबलकिशोर साहले बताए । गैंडाको बजार खुम्चिन नदिन मूल्य समायोजन गरिएको उनको भनाइ छ । मूल्य समायोजनपछि बिक्री झण्डै दोब्बर बढेको छ ।

समायोजन अघिसम्म प्रतिदिन चार–पाँच हजार बोरा भन्दा बढी नबिक्ने गैंडा अहिले दैनिक नौदेखि १२ हजार बोरासम्म बिक्ने गरेको छ । उद्योगले यस अघि व्यापारीलाई दिँदै आएको बोनस वापतको रकम पनि समायोजन गरेर मूल्य घटाइदिएको छ । निजीको तुलनामा सामान्य मूल्य बढी भए पनि व्यापारीले बोनसको लोभमा निजी सिमेन्ट बेच्न बढी प्रोत्साहन गर्ने गरेको पाएपछि उद्योगले सोझै ग्राहकले पाउने गरी समायोजन गरि दिएको जिएम साहले बताए ।

उद्योगले बिक्री बढाउन अर्को उपाय पनि अवलम्बन गरेको छ । उसले जिल्लाका सबै स्थानीय तहलाई गैंडा सिमेन्टको प्रयोग गर्न आग्रह गर्दै पत्राचार गरि सकेको छ । दक्षिण एसियामै उत्कृष्ट गुणस्तर सावित भइसकेको गैंडा सिमेन्ट प्रयोग गरेर भौतिक पूर्वाधार संरचना दिगो र बलियो बनाउन सबै स्थानीय तहलाई आग्रह गरिएको जनाएको छ ।

पूर्वाधार निर्माणमा अत्यन्त उपयोगी ठहरिएको गैंडाको प्रयोग गर्दा भौतिक संरचना दीर्घकालीन र टिकाउ हुने कुरा’bout जनचेतना मूलक कार्यक्रम पनि उद्योगले गर्दै आएको छ । चालु आर्थिक वर्ष सुरु भए लगत्तै जिल्लाका चार नगर र चार गाउँपालिका सबैले पूर्वाधार संरचनाका सबै योजनामा गैंडा सिमेन्ट प्रयोग गरि दिन आग्रह गरेको हो ।

त्रियुगा, चौदण्डीगढी, बेलका र कटारी नगरपालिका तथा लिमचुङबुङ, रौतामाई, उदयपुरगढी र ताप्ली गाउँपालिका गरी आठवटै स्थानीय तहलाई पत्र मार्फत र औपचारिक भेटघाट गरी गैंडा सिमेन्ट प्रयोग गर्न आग्रह गरेको जिएम साहले बताए । जापानी प्रविधिबाट उत्पादित गैंडा नेपालका धेरै सिमेन्ट मध्ये अहिलेसम्मकै गुणस्तरीय प्रमाणित भइसकेको हुनाले भवन, सडक, पुल, नाला, कल्भर्ट लगायत ठूलाठूला परियोजनामा प्रयोग नगर्नेहरु पछुताउनु पर्ने जिएम साहको भनाइ छ ।

उसिउलि सरकारी स्वामित्वको उद्योग भएकाले सरकारी निकायहरुले गैंडा प्रयोग गरेर सहयोग गर्नु राम्रो हुन्छ,’ जिएम साहले भने, ‘अर्काे कुरा गुणस्तरमा नेपालका सिमेन्ट मध्ये अहिलेसम्म गैंडा जति राम्रो र गुणस्तरीय अन्य कुनै सिमेन्ट भएको इतिहास छैन । त्यसैले स्थानीय तहलाई गैंडा सिमेन्टको प्रयोग गरेर बलियो पूर्वाधार र सरकारी उद्योगलाई सहयोग गर्न आग्रह गरेका हौं । २०४९ देखि व्यावसायिक उत्पादन सुरु भएको गैंडा सिमेन्टबाट निर्मित संरचना २०७२ को शक्तिशाली भूकम्पले समेत भत्काउन नसकेको उद्योगको दाबी छ । नायव महाप्रबन्धक (डिजिएम) ध्रुबबहादुर देबकोटाका अनुसार २०७२ को विनाशकारी भूकम्पले देशभर धेरै संरचना ध्वस्त गरे पनि ध्वस्त नभएका सबै संरचनामा गैँडा सिमेन्ट प्रयोग भएको पाइएको छ ।

डिजिएम देवकोटाले गुणस्तर राम्रो भएकै कारण गाउँ तथा नगरपालिकामा यसको प्रयोग गर्न सरोकारवाला निकाय र जनप्रतिनिधिलाई आग्रह गरिएको बताए । ‘सरकारी उद्योगको गैंडा अन्य सिमेन्टको दाजोमा उत्कृष्ट र गुणस्तरीय भएकाले पनि यसको प्रयोग गर्न ग्राहक हिच्किचाउनु हुन्न । देवकोटाले भने । उत्पादन विभाग प्रमुख सञ्जयलाल कर्णका अनुसार चालु वर्षदेखि सबै स्थानीय तहले आफनो गाउँ नगरपालिकाका भौतिक पूर्वाधारमा गैंडा सिमेन्ट प्रयोग गर्न थालेको बताए । दिगो र टिकाउ हुने तथा सरकारी उद्योग भएकाले उद्योगले गाउँ र नगरपालिकालाई गैंडा प्रयोग गरेर उद्योगलाई सहयोग गर्न आग्रह गरिएको उनले बताए । कर्णका अनुसार चालु वर्ष संस्पेन्सन प्रिहिटर पंखा (एसपी फयान) बिग्रेर दुई महिना उत्पादनमा बाधा भए बाहेक निरन्तर उत्पादन भइरहेको छ ।

दैनिक आठ सय मेट्रिक टन उत्पादन क्षमताको उद्योगबाट सरदर सात सय ५० मेट्रिक टन उत्पादन निरन्तर भइ रहे पनि बिक्रीमा कमी आएपछि बाँकी सिमेन्ट गोदाममा राख्नु नपरोस् भनेर स्थानीय तहलाई किनिदिन आग्रह गर्दै मूल्य समायोजन पनि गरिएको कर्णको भनाइ छ । उद्योगको आग्रहपछि स्थानीय तहका अधिकतर योजनामा गैंडा सिमेन्ट प्रयोग हुन थालेको छ ।

जनप्रतिनिधि स्वयंलाई भेटेर उद्योगले गैंडा सिमेन्ट प्रयोग गरिदिन आग्रह गरेपछि गाउँ र नगरले प्रयोग गर्न थालेको बिक्री विभाग प्रमुख रामबहादुर जिसीले बताए । उनका अनुसार बेलका र चौदण्डीगढी नगरपालिकाले दसौं हजार बोरा सिमेन्ट खरिद गरेर योजनामा लगाएका छन् । अन्य गाउ र नगरपालिकाले पनि पूर्वाधार योजनामा गैंडा सिमेन्टकै प्रयोग गर्ने नीतिगत निर्णय गरेको जानकारी गराएको जिसीले बताए ।

जिल्लाका सबै स्थानीय तहले विकास निर्माणका योजनामा प्रयोग गरे उद्योगको वार्षिक उत्पादनको ७० प्रतिशत हिस्सा स्थानीय तहमै खपत हुने उद्योगको अनुमान छ । वर्षौं वर्ष ढुक्क हुने ग्यारेन्टी भएको गैंडा सिमेन्ट दक्षिण एसियाकै उत्कृष्ट र गुणस्तरीय भएको उद्योगको दाबी छ । विकास निर्माणको जगतमा अब्बल सावित गैंडा सिमेन्टको प्रयोग गर्न जिएम साहले उपभोक्तालाई आग्रह गरेका छन् । भौतिक संरचनामा गैडा सिमेन्ट एक मात्र उत्कृष्ट सावित भइसकेको हुनाले यसको प्रयोग गरेर पुस्तौंपुस्ता निश्चिन्त हुन पनि उसिउलिले आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 521 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सङ्घीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि शुरु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जुम्लामा चार पालिकामा काँग्रेस,दुईमा माओवादी र एकमा स्वतन्त्र विजयी