ललितपुर । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाएका व्यक्तिको पहिचानका लागि सरकारले डिएनए परीक्षणलाई तीव्रता दिएको छ । ललितपुरमा रहेको राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका प्रमुख वैज्ञानिक एवं फोरेन्सिकविज्ञ निराजन थापाक्षेत्रीका अनुसार डिएनए परीक्षणका लागि अहिलेसम्म ८३७ शव र ८२५ आफन्तको नमूना सङ्कलन भइसकेको छ ।
प्रयोगशालाका प्रमुख थापाले भने, “अहिलेसम्म राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको ल्याबमा ८३७ शव र ८२५ वटा परिवारका सदस्यको नमूना आएको छ । प्राप्त आफन्तको रगतको नमूनामध्ये ५८८ वटाको डिएनए परीक्षण भइसकेको छ भने ८३७ मध्ये १९ वटा शवको मात्र डिएनए परीक्षण भएको छ ।”
प्रयोगशालामा प्राप्त एक हजार ६६२ नमूनाको ‘प्रोफाइल’ निकालेर डिएनए मिलान गरेपछि परिवारलाई शव हस्तान्तरण गरिने उहाँको भनाइ छ । यो काम परिवार र आफन्तले सोचेजस्तो चाँडो गर्न प्राविधिक समस्या रहेको उनले बताए ।
“कुनै व्यक्तिको शरीरबाट लिइएको नमूनाबाट प्राप्त डिएनएले उसको जैविक पहिचानसम्बन्धी जानकारी बोकेको हुन्छ । डिएनए परीक्षण चिकित्सा विज्ञानमा अनुसन्धानदेखि विपद्मा मृत्यु भएकाको शव पहिचानका लागि वैज्ञानिक प्रक्रिया मानिन्छ”, प्रयोगशालाका प्रमुख थापाले भने ।
अहिले भोटेकोशी विपद्मा परेका व्यक्ति र परिवारको इतिहास पत्ता लगाउन प्रयोगशालाले अटोजमल डिएनए (आमा–बुबा दुवैबाट प्राप्त हुने) परीक्षण विधि अवलम्बन गरिएको उनले जानकारी दिए । वंशावली र पारिवारिक इतिहास पत्ता लगाउन यो प्रणाली अन्तरराष्ट्रियस्तरमा भरपर्दो भएको उनको दाबी छ ।
प्रयोगशाला प्रमुख थापाले भने, “विपद्मा ज्यान गुमाएका व्यक्तिको इतिहास थाहा पाउन अहिले हामीले अघिपछि गरेजस्तै अटोजमल डिएनए परीक्षण विधिबाट काम गरिराखेका छौँ । डिएनए परीक्षण गर्दा दुई–तीन कुरा हेर्न मिल्छ । एउटा पितृत्वको वंश, मातृत्वको वंश र अर्को व्यक्तिव्यक्तिको सम्बन्ध कस्तो भनेर पहिचान गर्न हेर्ने विधि अटोजमल हो ।” यो विधिमा कुनै एक व्यक्तिको अर्को व्यक्तिसँगको नाता कायम र व्यक्तिको पहिचान हुन्छ ।
परिवारका आफन्तले दिएको रगतको नमूना र मृतकको शरीरबाट निकालिइएको नमूनाको परीक्षण गरिसकेपछि डिएनए मिलानको काम सुरु हुने थापाले जानकारी दिए । “परिवारका सदस्यसँग मृतकको डिएनए मिलाउने काम सुरु भएको छैन । मृतकका आफन्तको प्रोफाइलबाट डिएनए परीक्षणको काम सकेपछि मात्र शवसँग मिलानको काम हुन्छ । लगभग व्यक्तिगत प्रोफाइलमा परिवारका सदस्यको डिएनए परीक्षणको काम ७० प्रतिशत सकिएको छ । आफन्तको परीक्षणको काम सकिएपछि मृतकको डिएनए परीक्षणलाई थप अगाडि बढाउँछौँ । त्यसपछि मात्र मिलानको काम हुन्छ”, उनले भने ।
एक महिनापछि अहिलेदेखि सङ्कलन भएका नमूना र शवका अङ्गबाट लिइएको प्रमाणको डिएनए मिलानको काम सुरु हुने थापाको भनाइ छ । विदेशीविज्ञको निरन्तर सहयोग रहेमा एक महिनापछि सङ्कलन भएका नमूनाको परीक्षण सकेर डिएनए मिलान सुरु हुने उनले बताए । अहिले ललितपुरको प्रयोगशालामा नेपालसहित भारत, चीन र कोरिया, सिङ्गापुर, जापान, अमेरिकाका विज्ञ टोलीले डिएनएका लागि सङ्कलन भएका नमूना सङ्कलन, शव परीक्षणलगायतका काममा सहयोग गरिरहेका छन् ।
प्रमुख थापाले भने, “हड्डीको परीक्षणका लागि समय लाग्छ भनेका थियौँ । प्रयोगशालामा डिएनए परीक्षणका लागि भारत, चीन र कोरियाका विज्ञ हुनुहुन्छ । उहाँहरू लामो समय बसिदिनुभयो भने अबको एक महिनामै मिलानको काम सुरु हुन्छ । यसका अतिरिक्त परीक्षणमा सिङ्गापुर, जापान र अमेरिकाबाट आउनुभएका डाक्टरको विशेषज्ञ टोलीले काम गरिराख्नुभएको छ ।”
आफन्तको प्रोफाइल निकालेपछि शवसँग तुलना गर्न औँठा छाप, दाँत, रगत, कपाल, हड्डीलगायतबाट निकालेको नमूनाबाट डिएनए परीक्षण गरिने थापाले बताए । सरकारले शवको पहिचान दुई चरणमा गर्ने भनेकाले अब थप सङ्कलन हुने नमूनाको परीक्षण दोस्रो चरणमा गर्न सकिने उनको भनाइ छ ।
“नुवाकोटका गाउँगाउँमा घुम्ती टोली पुगेर डिएनएका लागि नमूना सङ्कलनको काम गरिरहेको छ । त्यो पनि आउँदा समय थप समय लाग्नसक्छ”, प्रमुख थापाले भने । भोटेकोशी बाढीपछि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, खुमलटार र नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला सामाखुशी, काठमाडौंमा डिएनए परीक्षणको काम भइरहेको छ ।
सम्बन्धित समाचार
क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
मानसिक स्वास्थ्य समस्या’bout सचेतना जगाउँदै प्रदेश सरकार
बाढीप्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन
आर्थिक अभावमा सडकमा बच्चा जन्माउनु परेको अवस्था’bout सरकारको ध्यानाकर्षण
बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सक टोली जाँदै
गाउँमै स्वास्थ्य सेवा पाएपछि स्थानीय खुसी
बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित
काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि






