बर्दिया । कैलालीको लम्कीचुहा नगरपालिका–१ मा रहेको शहीद स्मृती माविको क्वारेन्टाइनमा रहेकी एक महिलामाथि भएको बलत्कार घटनाको बर्दियामा विरोध जनाइएको छ । जिल्लास्थित नारी एकता शक्ति केन्द्रले विज्ञप्ती जारी गर्दै घटना विरोध तथा भत्र्सना गरेको हो ।
नारी एकता केन्द्र शक्ति केन्द्रकी अध्यक्ष मेनका पोख्रेल र महासचिब विना भट्राईद्धारा संयुक्तरुपमा जारी विज्ञप्तीमा मुलुकमा छाएको कोरोना विपतका बेला भारतलगाएत विभिन्न ठाउँमा मजदुरी गर्न गएका महिलाहरु विपत्बाट बच्दै थुप्रै यातना तथा कष्ट सहेर भोकै प्यासै आफनै घर आगनलाई सुरक्षित सम्झेर आफ्नै घरको आगनमा आई पुग्दा समेत यस्ता हिंसामा पर्नु लजास्पद र निन्दनीय भएको उल्लेख गरिएको छ ।
विज्ञप्तीमा कोरोना भाइरसको संक्रमणबाट बच्न लकडाउनलाई पालना गर्दै कयौँ विपन्न परिवार एक छाक मात्र खाएर बाच्न बाध्य भएको यो क्षणमा समाजमा रहेका यस्ता यौन पिपासुका कारण समाजका हरेका छोरी, चेलीबेटी, आमा, दिदीबहिनी कोही सुरक्षित नरहेको बताइएको छ ।
समाजमा बढ्दै गएको यस्ता अमानविय घटना बढ्न नदिन र महिलाहरुलाई हिंसाबाट बचाउन कैलाली घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कडा भन्दा कडा कारवाहीको माग गरिएको छ । यसै गरी देशभरका क्वारेनटाइन स्थललाई थप व्यवस्थित र महिलामैत्री बनाउन विज्ञप्तीमार्फत माहिलाहरुले माग गरेको छन् ।
कैलाली घटनाको सर्वत्र विरोध जनाइएको छ । जिल्ला सदरमुकामलगयत विभिन्न स्थानहरुमा कैलाली घटनाको विरोध गर्नुका साथै क्वारेनटाइन स्थललाई सुरक्षित र व्यवस्थित बनाउन माग गर्दै प्रदर्शन गरिएको छ । कैलालीको लम्कीचुहा नगरपालिका– १ मा रहेको शहिद स्मृती माविको क्वारेनटाइनमा बसेकी महिलाले शनिबार मध्यराती क्वारेनटाइनमा खटिएका तीन जना स्वास्थ्यकर्मी र स्वयमसेवकले आफुमाथि बलात्कार गरेको आरोप लगाउँदै प्रहरीमा किटानी जाहेरी दिएकी छन् । उजुरीको आधारमा प्रहरीले घटनामा संलग्न तीनै जनालाई नियन्त्रणमा लिएको अनुसन्धान थालेको बताइएको छ ।
कैलाली लम्कीचुहा घटनाको विरोध जनाउँदै नारी शक्ति एकता केन्द्रकी अध्यक्ष मेनका पोखे्रेलले ठाकुरबाबा नगरप्रमुखलाई ज्ञापन पत्र बुझाउँदै






