हिरासतमा मान्छे मारेको विरोधमा मुसहर समुदायको प्रदर्शन

सप्तरी, राजविराज । धनुषाको सबैलामा अनुसन्धानका लागि नियन्त्रणमा लिइएका एक व्यक्तिको प्रहरीले हत्या गरेको दाबी गर्दै सोमबार सप्तरी सदरमुकाम राजविराजमा प्रदर्शन गरिएको छ ।

महिलाहरुको उल्लेख्य सहभागितामा नेपाल राष्ट्रिय मुसहर संघ सप्तरीको अुगवाईमा मुसहर समुदाय घटनाको सत्यतथ्य छानबिन र दोषिमाथी कारवाहीको माँग गर्दै सडकमा उत्रिएका हुन् ।

धनुषाको सबैला नगरपालिकास्थित इलाका प्रहरी कार्यालयमा अनुसन्धानका क्रममा गत जेठ १४ गते नियन्त्रणमा लिइएका शम्भु सदा जेठ २८ गते हिरासत कक्षकै शौचालयभित्र झुण्डिएको अवस्थामा फेला परेका थिए । प्रहरीले सदाले आत्महत्या गरेको दाबी गरिरहँदा मृतकका आफन्त तथा स्थानीयले भने सदाको हत्या नै भएको दाबी गर्दै आएको छ ।

दोषिमाथी कारवाहीको माग गर्दै प्रदर्शनकारीले बजार क्षेत्र परिक्रमा गरेका थिए । प्रहरी हिरासतमा मान्छे मार्न पाइदैन्, प्रहरी दमन बन्द गर, शम्भु सदालाई न्याय दे, सबैला इलाका प्रहरी कार्यालयका प्रहरीलाई कारवाही गरलगायतका नारा लेखीएका प्ले कार्डसहित बजार क्षेत्र परिक्रमा पश्चात् स्थानिय शिव मन्दिरको प्राङ्गणमा पुगि बिरोधसभामा परिणत भएको थियो ।

सभालाई नेपाल राष्ट्रिय मुसहर संघका जिल्ला संयोजक राजेश्वर सदा, केन्द्रिय सदस्य गंगा सदा, सलिता सदाय, बद्री सदायलगायतले सम्बोधन गर्दै घटनाको सत्यतथ्य छानबिन गरि दोषीमाथी कारवाही नगरिए आन्दोलन चर्काउने चेतवानी दिएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 399 times, 1 visits today)

epaper

ताजा समाचार

मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माणाधीन संरचनाको अनुगमन