वीरगञ्ज । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, वीरगञ्ज, पर्सामा कार्यरत इन्जिनियर गजेन्द्र जैसवालमाथि ठेकेदारहरूको एक समूहले कुटपिट गरेको आरोप लागेको छ।
बुधबार साँझ भारतीय दूतावासको उत्तरतर्फ मुख्य सडकमा रहेको हरि राईको चिया पसलअगाडि ४–५ जनाको समूहले जैसवालमाथि कुटपिट गरेको बताइएको छ। प्रत्यक्षदर्शीका अनुसार कुटपिटपछि जैसवाल रातो मोटरसाइकलमा घटनास्थलबाट निस्किएका थिए।
इन्जिनियर जैसवाल र केही ठेकेदारबीच लामो समयदेखि निर्माण तथा योजनासम्बन्धी कामलाई लिएर विवाद रहँदै आएको स्रोतको दाबी छ। ठेकेदार पक्षले जैसवालमाथि कमिसन माग्ने तथा कमिसन नदिए काममा असहयोग गर्ने आरोप लगाउँदै आएको बताइएको छ।
यस्तै, कार्यालयमा समेत आफूहरूलाई अनावश्यक रूपमा दुःख दिने गरेको आरोप ठेकेदार पक्षले लगाउँदै आएको स्रोतले जनाएको छ। यही विवादका क्रममा बुधबार साँझ कुटपिट भएको बताइएको छ।
घटना’bout सम्बन्धित पक्षबाट भने औपचारिक प्रतिक्रिया सार्वजनिक भइसकेको छैन। कुटपिटको कारण तथा घटनामा संलग्न व्यक्तिहरू’bout प्रहरीले अनुसन्धान अघि बढाएको बताइएको छ।
सम्बन्धित समाचार
मधेश प्रदेश सांसद जैनब खातुनको निधन
क्यान्सरले आमा गुमाएका दुई नाबालकका बुवा बाढीमा बेपत्ता
अस्पतालले भर्ना नलिँदा फुटपाथमै बच्चा जन्माएको विषय संसदमा
नवनियुक्त उद्योग मन्त्री साहले लिए पद तथा गोपनीयताको शपथ
ह्वात्तै घट्यो सुन चाँदीको भाउ
बालेन सरकार: २ सय दिनमा जम्मा २७ प्रतिशत प्रगति !
मध्य पूर्वमा ‘अधिकतम संयम’ अपनाउन ‘ब्रिक्स’को आह्वान
बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित






