काठमाडौं । बिहीबार बढेको सुन–चाँदीको भाउ आज शुक्रबार घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, हिजो बिहीबार प्रतितोला तीन हजार ४०० रूपैयाँले बढेको सुनको भाउ आज शुक्रबार घटेर तीन लाख एक हजार रूपैयाँमा किनबेच भइरहेको छ ।
हिजोको तुलनामा आज सुन तोलामा चार हजार ८०० रूपैयाँ घटेको हो । हिजो सुन प्रतितोला तीन लाख पाँच हजार ८०० रूपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ३३२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
यस्तै, हिजो बिहीबार प्रतितोला चार हजार ८५५ रूपैयाँमा कारोबार भएको चाँदी आज नेपाली बजारमा चार हजार ६०० रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय ५५ रूपैयाँ घटेको हो ।
तपाइको प्रतिक्रिया
(Visited 138 times, 1 visits today)
सम्बन्धित समाचार
बाढीमा ज्यान गुमाएका परिवारलाई ५० हजार राहत
भोटेकोशी बाढीको बीमा दाबी २६ अर्ब रुपैयाँ, भुक्तानी सरल र सहज बनाउन अर्थमन्त्रीको निर्देशन
सुन तोलामा सात हजार ६०० रूपैयाँले बढ्यो, चाँदी १४५ रुपैयाँ
कमजोर बन्यो अमेरिकी डलर
अर्थमन्त्री डा. वाग्लेद्वारा पुँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन
आज सुन र चाँदी दुवैको भाउ वृद्धि, कतिमा भइराखेको छ कारोबार ?
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
ग्यास व्यवसायीको मनपरीमा सरकार निरीह






