नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौं । नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यससँगै नेपालको कूटनीतिक सम्बन्ध १८७ मुलुकमा विस्तार भएको छ ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र नामिबियाका अन्तर्राष्ट्रिय सम्बन्ध तथा व्यापारमन्त्री सेल्मा असिपाला मुसाभीले कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त विज्ञप्तिमा अन्तर्राष्ट्रिय हस्ताक्षर गरेका हुन् ।

हस्ताक्षरअघि दुवै देशका परराष्ट्रमन्त्रीबीच पारस्परिक हितका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सो अवसरमा नेपालमा हालै आएको विनाशकारी जलवायुजन्य विपद्बाट भएको मानवीय तथा भौतिक क्षतिका विषयमा समेत छलफल भएको थियो । दुवै मन्त्रीले नेपाल र नामिबियाबीच द्विपक्षीय सहयोग विस्तारका नयाँ सम्भावना खोज्दै दुई देश तथा जनताको साझा प्रगति र समृद्धिका लागि सहकार्य अघि बढाउनुपर्नेमा जोड दिएका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 25 times, 1 visits today)

epaper

ताजा समाचार

जलवायु परिवर्तनले सीमा चिन्दैन, हिमनदी र बाढी पासपोर्टमा भिसा लगाएर यात्रा गर्दैनन् : प्रधानमन्त्री शाह (सम्बोधनको पूर्णपाठ)