झापा । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ हे.क्वा. झापाले विपद् उद्धार कार्यलाई प्रभावकारी बनाउन ड्रोनलाई उपयोगमा ल्याएको छ ।
सशस्त्र प्रहरी गण झापाले डिभिजन वन कार्यालयसँग समन्वय गरी विपद अवधिभर ड्रोन प्रयोगमा ल्याएको हो ।
बंगालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीले झापाका नदी खोलामा बाढी तथा किनारमा रहेका बस्तीको डुबानबाट हुने जोखिमलाई न्यूनीकरण गर्न निगरानी र उद्धारको तयारी तीव्र बनाएको छ ।
झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार यस जिल्लाका सरकारी तथा गैरसरकारी र निजी संघसंस्थाहरूसँग भएको स्रोत साधनलाई विपद प्रतिकार्यका लागि आवश्यक सूचना संकलनका लागि उच्चतम प्रयोग गरी उद्धार कार्यमा सक्रिय रहन ड्रोन प्रयोगमा ल्याइएको हो ।
जोखिमयुक्त नदी तथा खोलाको जोखिम नक्सांकनअनुरूप पुल, तटबन्ध, कमजोर नदी किनारा, बस्ती र डुबान हुनसक्ने सम्भावित स्थानमा विशेष निगरानी गर्ने योजना रहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।

सशस्त्र प्रहरी झापा गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्यका अनुसार मनसुनजन्य विपदबाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण तथा खोज र उद्धार कार्यलाई प्रभावकारी बनाउन उपलब्ध साधन स्रोतको उच्चतम प्रयोग गरी आफ्नो शक्तिले भ्याएसम्म उदार कार्यमा उत्कृष्ट योगदान पु¥याउन सूचना संकलनका लागि ड्रोनको प्रयोग गरिएको हो ।
विगतको बाढी र अहिलेको सम्भावित बाढीको जोखिमलाई ध्यानमा राखेर सशस्त्र प्रहरी बलले उद्धार टोलीलाई चौबीसै घण्टा स्ट्यान्डबाई रहने व्यवस्था मिलाएको छ । सशस्त्र प्रहरी बल नेपालले विपदको सूचना उपलब्ध गराउन चौबीसै घण्टा खुल्ला रहने टोल फ्री नम्बर १११४ मा सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।
डिभिजन वन कार्यालयका सूचना अधिकारी हिमाल थापाका अनुसार सशस्त्र प्रहरी झापा गणले सूचना संकलनका लागि अनुरोध गरेपश्चात् उद्धार कार्यमा सहयोग पु¥याउन केही समयका लागि सो ड्रोन मौउपलब्ध गराइएको हो ।
हालका दिनमा सशस्त्र प्रहरीको झापा गण विशेष सतर्कताका साथ उद्धार कार्यमा लागिरहेको छ ।
सम्बन्धित समाचार
सुन्दरहरैंचामा कक्षा ९ का समीरको कमाल, आफ्नै हातले बनाए तीनपाङ्ग्रे गाडी
चार वर्षदेखि अँध्यारो कोठामा भीमा
हराउँदै सुकुल भोज
पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच
जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
दशौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्यो कर्णाली प्रदेश, होला त घोषित मितिमै ?
भुसुने जंगलमा झण्डै २ कुइन्टल गाँजा
विपद्लाई मध्यनजर गर्दै झापामा सशस्त्रद्वारा सचेतनामूलक माइकिङ तथा उद्धारको तयारी






