मनाङको हिम्लुङ हिमालमा पहिरो, १ दर्जन बेपत्ता भएको आशंका

फाइल तस्बिर (एजेन्सी)

काठमाडौं । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा आइतबार बिहान हिउँपहिरो जाँदा एक दर्जनभन्दा बढी बेपत्ता भएको आशंका गरिएको छ ।

हिमाल आरोहणमा गएका २२ जनामध्ये ९ जना पर्वतारोही र १३ जना सहयोगी स्टाफमध्ये करिब १ दर्जन बेपत्ता भएको आंशका गरिएको सशस्त्र प्रहरी बबले जनाएको छ ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले के कति क्षति भयो भन्ने यकिन जानकारी प्राप्त हुन नसकेको बताए । उनले उद्धारका लागि काठमाडौंबाट मनाङतर्फ हेलिकप्टर गएको बताए ।

उनीहरू अल्पाइन ट्रेक एण्ड ट्राभल्सबाट गएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ। सबै पर्वतारोही नेपाली भएको जनाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 45 times, 1 visits today)

epaper

ताजा समाचार

नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक