काठमाडौं । लिट्मस इन्डस्ट्रिज लिमिटेडले नेपालको ऊर्जा क्षेत्रका सरोकारवालाबीच पहिलोपटक ‘लिट्मस पावर पार्टनर्स मिट २०२६’ आयोजना गरेको छ।
‘साथ, सम्बन्ध र विश्वास’ नारासहित आयोजित कार्यक्रममा जलविद्युत्, सौर्य ऊर्जा, इन्जिनियरिङ, खरिद तथा निर्माण (ईपीसी), परामर्शलगायत क्षेत्रका प्रतिनिधिको सहभागिता थियो।
कार्यक्रममा नेपालको ऊर्जा क्षेत्रका पछिल्ला विकासक्रम, चुनौती र सम्भावित अवसरका साथै ऊर्जा पूर्वाधार निर्माणमा सहकार्य, प्रविधि, उत्पादनको गुणस्तर र दिगोपनाका विषयमा छलफल गरिएको थियो।

सहभागीहरूले आयोजना विकास, प्राविधिक कार्यान्वयन, नवीनता तथा ऊर्जा क्षेत्रको मूल्य शृंखलामा विभिन्न पक्षबीच थप सहकार्य आवश्यक रहेको धारणा राखेका थिए। प्रसारण तथा वितरण पूर्वाधारलाई थप सुदृढ बनाउन गुणस्तरीय उत्पादन र प्रविधिको भूमिका’bout पनि छलफल भएको थियो।
कार्यक्रममा लिट्मस इन्डस्ट्रिजले आफ्ना उत्पादन तथा समाधानहरू प्रस्तुत गर्नुका साथै नेपाली बजारमा दुई नयाँ कन्डक्टर प्रविधि सार्वजनिक गरेको जनाएको छ। कम्पनीले एचटीएलएस र एल–५९ कन्डक्टर नेपाली बजारमा ल्याएको हो।
लिट्मस इन्डस्ट्रिजका प्रबन्ध निर्देशक रोहित गुप्ताले नेपालको ऊर्जा क्षेत्रलाई भरपर्दो, प्रभावकारी र दिगो बनाउन उत्पादक, आयोजना विकासकर्ता, ईपीसी कम्पनी, परामर्शदाता र अन्य सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताए।
रमेश कर्पअन्तर्गत सन् १९७७ मा स्थापना भएको लिट्मस इन्डस्ट्रिज नेपालमा तार, केबल तथा कन्डक्टर उत्पादन गर्दै आएको कम्पनी हो। कम्पनीले ऊर्जा, पूर्वाधार, निर्माण तथा औद्योगिक क्षेत्रमा प्रयोग हुने उत्पादनहरू उपलब्ध गराउँदै आएको जनाएको छ।
सम्बन्धित समाचार
पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थानका लागि २१ बुँदे कार्ययोजना जारी
१०० अर्ब डलरको लक्ष्यसहित पाण्डेको पुस्तक सार्वजनिक
शेयर बजारमा उछाल, एकै दिन ४८ अंकले बढ्यो नेप्से
राष्ट्रिय वाणिज्य बैंकका सेवानिवृत्त कर्मचारीहरूद्वारा १५ लाख ७४ हजार बढी सहयोग
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान
चालु आवको दुई महिना : सरकारको आम्दानीभन्दा खर्च नौ अर्बले बढी
आजको विदेशी मुद्राको विनिमयदर : कमजोर बन्यो अमेरिकी डलर, चिनियाँ युआन, थाई भाट र जापानी येन





