चामेमा थुनिएको मर्स्याङ्दी नदी मंगलबार नेपाली सेनाले खोल्ने

लमजुङ । मनाङको जिल्ला सदरमुकाम चामेमा थुनिएको मर्स्याङ्दी नदी खोल्नका लागि ब्लाष्टिङ गर्नु पर्ने भएको छ । नेपाली सेनाको प्राविधिक टोलीले निरीक्षण गरेर गएको हुँदा भोलि मंगलबार विहान सबेरैदेखि नदी खोल्ने काम थालिने मनाङ प्रशासनले जनाएको छ ।

ब्लाष्टिङका लागि होल खोल्नु पर्ने लगायतका तयारी आज नपुगेको हुँदा भोलि मंगलबारसम्म सम्भव हुने आशा गरिएको हो । मर्स्याङ्दी नदी मनाङको जिल्ला सदरमुकाम चामे गाउँपालिकाको वडानं– ४ र ५ को बीचबाट वहने गर्दछ । नदी थुनिदा ती दुवै तर्फका नदी किनारका वडाबासीहरू बस्ने घर जोखिममा छन् । मर्स्याङ्दी नदी थुनिएर ताल बनेको ठाउँमा एक लेबलमा पानी चलिरहेको छ ।

‘नेपाली सेनाको प्राविधिक टोलीले आज निरीक्षण गरेर गएको छ’ सप्रजिअ पौडेलले भने, ‘प्राविधिकको चार जनाको टोली यही बसेको छ ।’

चामेमा थुनिएको मर्स्याङ्दी नदीको आयातन लम्बाई तीन सय मिटर, चौडाई करिब ५० मिटर र उचाई २० फिट भएको आंकलन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले बताए । उनका अनुसार ब्लाष्टिङका लागि होल खोल्ने लगायतका काम गर्नु पर्ने भएको हुँदा आज भ्याइएन । उनले भने, ‘भोलि मंगलबार सबेरैदेखि काम सुरु गरेर भोलि नै खोल्न सकिन्छ भन्ने लागेको छ ।’

आज दिउसोदेखि पानी पर्न रोकिएको छ, नदीको सतह पनि घट्ने क्रम सुरु भएको छ त्यसैले थप जोखिम नहोला भन्ने छ सप्रजिअ पौडेलले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 118 times, 1 visits today)

epaper

ताजा समाचार

सम्पर्कविहीन दशै जना जडीबुटी संकलक आए सम्पर्कमा