मोरङ–६ मा मनोनयन दर्ताअघि कांग्रेस कार्यकर्तावीच झडप, दर्जन घाइते

सुन्दरहरैँचा(मोरङ) । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नं. ६ को मनोनयन दर्ता सुरु हुनुअघि नै सुन्दरहरैँचामा कांग्रेस कार्यकर्ताबीच झडप भएको छ। झडपमा क्षेत्रीय सभापतिका उम्मेदवार चुमनारायण तब्दार, चेतराज रेग्मी र समुद्र पोखरेलसहित करिब एक दर्जन घाइते भएको बताइएको छ।

कांग्रेस क्षेत्र नं ६ का क्षेत्रीय सभापतिका उमेदवार नेता चुमनारायण तवदार ,चेतराज रेग्मी, समुद्र पोखरेलसहित एकदर्जन घाइते भएका छन्

सुन्दरहरैँचा–४ स्थित सिग्देल बन्धु प्रतिष्ठानको गेटअगाडि मनोनयन दर्ताका लागि नेता तथा कार्यकर्ता भेला भएका बेला दुई पक्षबीच विवाद बढेपछि झडप भएको हो।

प्रारम्भिक जानकारीअनुसार पार्टीभित्रको व्यक्तिगत रिसिइबी तथा विवादका कारण भनाभन सुरु भएको र त्यसपछि हात हालाहालको अवस्था सिर्जना भएको बताइएको छ। झडपका क्रममा क्षेत्रीय सभापतिका उम्मेदवारसहित अन्य नेता तथा कार्यकर्ता घाइते भएको बताइएको छ।

घटनापछि प्रतिष्ठान परिसरमा केही समय तनावपूर्ण अवस्था सिर्जना भएको थियो। झडपका कारण आज हुने भनिएको मनोनयन दर्ता प्रक्रिया रोकिएको बताइएको छ।

मनोनयन दर्ता सुरु हुनुअघि नै झडप भएपछि मोरङ–६ को निर्वाचन प्रक्रिया अन्योलमा परेको छ। निर्वाचन प्रक्रिया कहिलेबाट पुनः सुरु गर्ने भन्ने’bout सम्बन्धित निर्वाचन समिति तथा पार्टी नेतृत्वबाट औपचारिक जानकारी आउन बाँकी रहेको छ। घटनामा घाइते भएकाहरूको अवस्था र झडपको विस्तृत कारण’bout थप विवरण आउन बाँकी छ।

तपाइको प्रतिक्रिया
(Visited 66 times, 1 visits today)

epaper

ताजा समाचार

प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्न, १४५ दिनमा १२ विधेयक पारित