सशस्त्र प्रहरीद्वारा रुपन्देहीबाट एक किलो सुनसहित एक महिला पक्राउ

काठमाडौं । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटबाट बुधबार राति सशस्त्र प्रहरीले एक किलोग्राम सुनका विभिन्न गरगहनासहित एक महिलालाई नियन्त्रणमा लिएको छ ।

काठमाडौं महानगरपालिका–१९ बस्ने ४६ वर्षीया इला पटेललाई सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म डण्डाबाट खटिएको सशस्त्र प्रहरीले सुनका गरगहनासहित नियन्त्रणमा लिएको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेकी उनलाई विशेष सूचनाको आधारमा सो गुल्मबाट सशस्त्र प्रहरी नायव उपरीक्षक गोपीकृष्ण भट्टराईको कमान्डमा खटिएको सशस्त्र प्रहरीले सुन जस्तो देखिने पहेँलो पदार्थबाट बनाइएका विभिन्न गरगहनासहित नियन्त्रणमा लिएको हो ।

ती गरगहना सिद्धार्थनगर सुनचाँदी व्यवसायीले परीक्षण गर्दा १ किलोग्राम सुन कायम भएको थियो । नियन्त्रणमा लिइएका उनलाई बरामद सुनसहित आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय रुपन्देहीमा बुझाइएको छ ।

बरामद सुनको मूल्य २ करोड ५१ लाख ९३ हजार ३ सय ५० रुपैयाँ कायम भएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 11 times, 1 visits today)

epaper

ताजा समाचार

सशस्त्र प्रहरीद्वारा रुपन्देहीबाट एक किलो सुनसहित एक महिला पक्राउ