सुर्खेत । कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले संघीयताको प्रभावकारी कार्यान्वयनका लागि तीन तहका सरकारहरुले समन्वय, सहकार्य र सहअस्तित्वलाई जोड दिनुपर्ने बताए ।
मुगु सदरमुकाम गमगढीमा शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम, प्रदेश कार्यक्रम सहयोग इकाईद्वारा आयोजित अन्तक्र्रियामा मुख्यमन्त्री शाहीले संघ, प्रदेश र स्थानीय तहबीच आवश्यक समन्वय र सहकार्य हुन सके संघीयता सफल हुने बताएका हुन् ।
विशेष गरी विकास निर्माणका कामहरुमा तीन तहबीच पर्याप्त समन्वय र सहकार्य जरुरी रहेको उनको भनाई छ । ‘विकास निर्माण, सेवा प्रवाह तथा शासन सञ्चालनमा प्रभावकारी समन्वय, सहकार्य र सहजीकरणको खाँचो पर्दछ, तीन वटै तहका संयन्त्रहरु अलग–अलग तौरतरिकाले काम गर्दा उल्टै समस्या हुनसक्छ,’ मुख्यमन्त्री शाहीले भने, ‘जति हामी आपसमा समन्वय, सहकार्य र सहअस्तित्वको भावनाका साथ अघि बढ्छौं त्यति जनतालाई राहत र सुविधा पाउने अवस्था रहन्छ ।’
उनले प्रदेश सरकारका नीति तथा कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्न स्थानीय सरकार तथा संघीय सरकारका जिल्लास्थित कार्यालयहरुको समेत महत्वपूर्ण भूमिका रहने धारणा व्यक्त गरे । साथै, मुख्यमन्त्री शाहीले प्रदेश सरकारले स्थानीय तह र संघीय निकायहरुसंग गर्नुपर्ने समन्वय कुनै कमी हुन नदिने र सहकार्य गरेरै अघि बढ्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा प्रमुख सचिव राधिका अर्यालले विकास निर्माण साझा सवाल भएकाले कार्यान्वयनका क्रममा देखापरेका समस्यालाई समाधान गर्न सबैको सहयोग जरुरी रहेको बताइन् । अन्तक्र्रियामा जिल्लास्थित प्रदेशका कार्यालय प्रमुखहरुले स्थानीय तह, संघीय कार्यालयबीच विगतमा भएको समन्वय सहकार्यमा देखिएका समस्याहरु’bout अवगत गराएका थिए । कार्यक्रममा संघ, प्रदेश सरकारका जिल्लास्थित कार्यालय प्रमुख, स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता थियो ।
सम्बन्धित समाचार
रास्कोट कांग्रेस नगरसभापतिमा संज्याल सर्वसम्मत
कालिकोटबाट निवर्तमान केन्द्रीय सदस्य अशोकनाथ योगीको देउवालाई आग्रह
मोरङ क्षेत्र नम्बर ६ मा वडा अधिवेशन रोकिँदा सहमहामन्त्री डिला संग्रौलामाथि प्रश्न
अध्यक्ष–महासचिव टकराब केन्द्रीय कमिटीमा छताछुल्ल
सरकारको काम गराइप्रति रास्वपाकै सांसद छैनन् सन्तुष्ट, संसदमै जनाए असन्तुष्टि
पूर्वराष्ट्रपति भण्डारी एमाले वरिष्ठ नेता मनोनीत
ओली ‘प्रोजेक्सन’मै एमालेमा भण्डारीको ‘कमब्याक’
प्रधानमन्त्री बालेन आज स्वदेश फर्किंदै, विमानस्थलमा प्रेस ब्रिफिङ हुने





