एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौँ। नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । एमाले पार्टी कार्यालय च्यासलमा दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको हो । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निर्वाचित सांसदहरूलाई विशेष निर्देशन दिनेछन् ।

नेकपा एमालेले संसद् अधिवेशन सुरु हुनुअघि र समाप्त भएपछि दलको बैठक बोलाएर अधिवेशन अवधिभरमा भए/गरेका कामकारबाही’bout समीक्षा गर्दै आएको छ ।

आजको बैठकमा गएको संसद् अधिवेशनमा पार्टीका तर्फबाट खेलेको भूमिकाको समीक्षाका साथै आगामी दिनमा सांसद र पार्टी नेताले खेल्नुपर्ने भूमिका’bout ओलीले विशेष निर्देशन दिने बताइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 24 times, 1 visits today)

epaper

ताजा समाचार

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन