इलाम कांग्रेसमा ३ जना २१ वर्षमुनिका क्षेत्रीय प्रतिनिधि

इलाम । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा इलाममा कम उमेरका युवाहरू क्षेत्रीय प्रतिनिधिका रूपमा निर्वाचित भएका छन । माईजोगमाई गाउँपालिका–५ सोयाङबाट १७ वर्षीय सुजल चापागाईं, इलाम नगरपालिका–८ बाट १७ वर्षीय शुलभ घिमिरे र सूर्योदय नगरपालिका–४ बाट २१ वर्षीय आकाश खनाल क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका हुन् ।

माईजोगमाई–५ बाट चापागाईं ३५ वर्षमुनिको युवा कोटाबाट सर्वसम्मत क्षेत्रीय प्रतिनिधि चयन भएका हुन् । विद्यार्थी जीवनदेखि नै विद्यार्थी संगठनमार्फत राजनीतिक तथा पार्टी संगठनमा सक्रिय चापागाईंले कम उमेरमै पार्टीको क्षेत्रीय तहमा प्रतिनिधित्व गर्ने अवसर पाएका हुन् । यस्तै, इलाम नगरपालिका ८ बाट १७ वर्षीय शुलभ घिमिरे क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् । घिमिरे ३५ वर्षमुनिको युवा प्रतिनिधित्व गर्दै क्षेत्रीय प्रतिनिधि बनेका हुन् ।

यसैगरी, सूर्योदय नगरपालिका–४ बाट २१ वर्षीय आकाश खनाल क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन ्। उनी नेपाल विद्यार्थी संघसँग आबद्ध रहँदै शिक्षा, सामाजिक सक्रिय थिए । क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएपछि खनालले आफूलाई विश्वास गरी जिम्मेवारी दिने नेता, कार्यकर्ता, शुभेच्छुक तथा समर्थकप्रति आभार व्यक्त गर्दै संगठन र समाजप्रतिको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने बताएका छन् ।

इलाममा मात्र होइन, सुनसरीका १७ वर्षीय प्रज्वल ढकाल पनि क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् । कांग्रेसको अधिवेशन प्रक्रियामा क्षेत्रीय प्रतिनिधि बन्नु आगामी राजनीतिक भूमिकाका लागि पनि महत्वपूर्ण चरण हो ।

महाधिवेशन प्रतिनिधिका उम्मेदवार बन्न क्षेत्रीय प्रतिनिधि बन्नुपर्ने भएकाले क्षेत्रीय तहको निर्वाचन पार्टीको केन्द्रीय नेतृत्व चयन सम्मको प्रक्रियामा जोडिन्छ । त्यसैले युवा सहभागीतालाई महत्वको रुपमा हेरीएको जिल्ला सचिव निरोज खड्गीले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 35 times, 1 visits today)

epaper

ताजा समाचार

कालिकोटबाट निवर्तमान केन्द्रीय सदस्य अशोकनाथ योगीको देउवालाई आग्रह