काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देल बेलायत प्रस्थान गरेका छन्। बेलायतका चिफ अफ द जनरल स्टाफ जनरल सर रोली वाकरको निमन्त्रणामा सात दिने औपचारिक भ्रमणका लागि सिग्देल सोमबार त्यसतर्फ प्रस्थान गरेका हुन्।
प्रधानसेनापतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजंग केसी ले बिदाइ गरेका थिए। भ्रमणले सदियौंदेखि रहँदै आएको दुई देशबिचको आपसी सैनिक सम्बन्धमा टेवा पुग्नुका साथै सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिलाई समेत योगदान पुग्ने विश्वास जंगी अड्डाले लिएको छ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको विज्ञप्तिअनुसार प्रधानसेनापति सिग्देलको अनुपस्थितिमा बलाधिकृत रथी केसीले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने छन्।
केही दिनअघि मात्रै सिग्लेल चीनको भ्रमण पूरा गरी नेपाल फर्केका थिए । कार्यकालको अन्तिम अन्तिमतिर रहेका सिग्देलले ठूला मुलुकको भ्रमण पूरा गरिसकेका छन् ।
सम्बन्धित समाचार
बझाङ कांग्रेस अधिवेशनः ९४ मध्ये ८९ वडामा नयाँ नेतृत्व
अन्तरसंंघर्ष व्यवस्थापनमा एमाले, एकताको ढोका खोल्दै नेकपा
देउवा समूहले कोशी र मधेशबाहेक पाँच प्रदेशका ५५ जिल्लामा तोक्यो संयोजक, क-कसले पाए जिम्मेवारी ?
कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा हुँदै, केन्द्रीय नेताहरू उम्मेदवार बन्दै
स्वदेश फर्किंदै गर्दा भारतीय राजदूत श्रीवास्तवले भेटे प्रधानमन्त्री बालेन
सत्यको पक्षमा छौँ, न्याय पाउँछौँ : डा. प्रकाशशरण महत
कांग्रेसले महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने
रास्वपा केन्द्रीय समिति बैठक आज बस्दै, यी हुन् एजेन्डा





