सत्यको पक्षमा छौँ, न्याय पाउँछौँ : डा. प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीभित्रको विवादमा आफूहरू सत्यको पक्षमा उभिएको भन्दै अदालतबाट न्याय पाउने विश्वास व्यक्त गरेका छन्।

पोखरामा आयोजित कार्यक्रममा बोल्दै महतले कांग्रेसको विशेष महाधिवेशन र त्यसबाट आएको नेतृत्वसम्बन्धी विवादमा आफूहरूले न्यायिक पुनरावलोकनको बाटो रोजेको बताए। यसअघिको अदालतको फैसला त्रुटिपूर्ण रहेको र सर्वोच्च अदालतले पुनरावलोकनका लागि अनुमति दिएकाले आफूहरूको दाबी थप बलियो भएको उनको जिकिर छ।

‘हामी एउटा सत्यको पक्षमा उभिएका छौँ। सत्यको अवश्य पनि जित हुन्छ। अदालतले त्रुटिपूर्ण छ भनिसकेको छ। नेपालमा अझै पनि न्याय मरेको छैन भन्ने हाम्रो विश्वास छ। न्याय पाउँछौँ। त्यो न्याय पाइएन भने त न्याय नै मरिसकेछ भन्ने हुन्छ,’ महतले भने।

महतले कांग्रेसको १५औँ महाधिवेशन निष्पक्ष, पारदर्शी र सबै पक्षको सम्मानजनक सहभागितामा हुनुपर्ने धारणा राखे। यही विषयमा सहमति हुन नसकेपछि आफूहरू अदालत पुगेको उनको भनाइ छ।

उनका अनुसार पूर्वसभापति शेरबहादुर देउवाले १४औँ महाधिवेशनबाट निर्वाचित सभापति आफू भएकाले १५औँ महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण गर्ने स्पष्ट धारणा राखिसकेका छन्।

महतले पूर्वसभापति देउवा नै बिशेषवालाकाे महाधिवेशन उद्घाटनमा सहभागी हुने भन्दै प्रचार भइरहेको दाबी गर्दै त्यस्तो सम्भावना नरहेको बताए। उनका अनुसार आफूहरूको मुख्य सरोकार महाधिवेशनबाट आउने नेतृत्व निष्पक्ष र पारदर्शी हुनुका साथै सबै पक्षको सम्मानजनक सहभागिता सुनिश्चित गर्नु हो।

तपाइको प्रतिक्रिया
(Visited 48 times, 1 visits today)

epaper

ताजा समाचार

ककपिटमा पाइलटबीच हानाहान भएपछि फ्लाई दुबई साउदीमा अवतरण